राष्ट्रसंघका महासचिव गुटेरेस असोज २६ मा नेपाल आउने, यतैबाट चीन जाने

राष्ट्रसंघका महासचिव गुटेरेस असोज २६ मा नेपाल आउने, यतैबाट चीन जाने

काठमाडौं : द्वन्द्वकालीन मुद्दाको किनारा लगाउन राजनीतिक दलहरूलाई सकस भइरहेका बेला संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस असोज २६ गते नेपाल आउने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा काठमाडौं आउन लागेका महासचिव गुटेरेस २९ गते यतैबाट चीन जानेछन्।

नेपाल बसाइका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, राजनीतिक दलका नेतासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। स्रोतका अनुसार महासचिव गुटेरेसले द्वन्द्वकालका पीडितहरूसँग समेत भेट गर्ने र त्यसका लागि तयारी भइरहेको छ। 

संक्रमणकालीन न्यायको मुद्दामा अलमल गर्दा शान्ति प्रक्रियासमेत टुंगिएका छैन। सरकारले संक्रमणकालीन न्यायको विषय टुंगो लगाउन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) प्रतिनिधिसभामा पेस गरेको छ। तर, दलहरूको बेमेलका कारण सो विधेयक थन्किएर बसेको छ। 

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका बेला असोज पहिलो साता प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसलाई भेटेर नेपाल भ्रमणको निम्तो दिएका थिए।

असोज २६ गते शुक्रबार अपरान्ह महासचिव गुटेरेस काठमाडौं आइपुग्नेछन्। असोज २९ गते सोमबार चाइना एयरलाइन्सको जहाजबाट उनी चीनको छेन्दु जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.