दोधारमै इजरायल गएका थिए राजेश

दोधारमै इजरायल गएका थिए राजेश
पीडित परिवारलाई सान्तवना दिँदै सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र एसपी बिपिन रेग्मीको टोली। तस्बिर : रत्नप्रसाद आचार्य
सुन्नुहोस्

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनका राजेश स्वर्णकारको मृत्युको खबरले सिंगो गाउँ शोकमा डुबेको छ। २७ दिनअघि इजरायल गएका २६ वर्षीय राजेशको मृत्युको खबरपछि परिवारमात्र हैन छिमेकीसमेत शोकमा छन्।

राजेशको हत्याको खबरले जेठा दाजु मुकेश स्वर्णकार सरकार र सुदूरपश्चिम विश्वविद्यालयप्रति गुनासो गर्छन्। राजेश सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर बहुमुखी क्याम्पसमा कृषिमा स्नातक आठौं सेमेस्टर सकेर इन्टर्नसिपका लागि इजरायल गएका थिए। भाइको हत्याको खबरले उनी भाइलाई विदेश पठाउन गल्ती भएको बताउँछन्। ‘कलेजमाथि कसरी विश्वास गर्ने ? सरकारलाई कसरी विश्वास गर्ने भाइलाई बेकार इजरायल पठाएँछु,’ उनले भने। भाइ राजेशले आपूmलाई इजरायल जानु अगाडि दाइ पासपोर्ट बुझाम् कि नबुझाम् भनेर सोधेको सम्झँदै भक्कानीय।

सोमबार पीडित परिवारमा सहानुभूति दिन आएका सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी प्रमुख बिबिन रेग्मी तथा जनप्रतिनिधिसँगसमेत पीडित परिवारले देशको अवस्थाका बारेमा गुनासो गरे। ‘भाइ बाँचेको भए घरको ऋण बिस्तारै तिरिन्थ्यो। अहिले घरपरिवारका लागि काम गर्ने बेलामा भगवान्ले उसलाई खोसेर लग्यो, हाम्रो खुसी लुटियो,’ दाजु मुकेशले रुँदै भने।

केही दिन अगाडि अमाले जितिया पर्वमा भाइको स्वस्थ र दीर्घायुको कामनाकासाथ व्रत बसेको स्मरण गर्दै मुकेशले भने, ‘अब त भगवान् पनि छैनन् जस्तो लाग्न थल्यो।’ 

राजेश ११ महिनाको इन्टर्न सकेपछि देशकै लागि केही गर्ने योजनामा रहेको मुकेशले बताए। बराहक्षेत्र नगरपालिका–११ का राजेश स्वर्णकारको परिवारलाई सान्त्वना दिन घरमै पुगेका सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र एसपी विपिन रेग्मीले परिवारलाई सान्तना दिए पनी उनीहरूका आँखाबाट आँसु झर्न रोकिएन।

मुकेशले विगत स्मरण गरे, ‘बुबाको सानो सरकारी जागिर थियो। खेतीपाती र जागिरबाट दुःख गरेर हामी सबैलाई पढाउनुभयो,’ शोकाकूल मुकेशले भने, ‘घरमा अहिले तनाव सिर्जना भएको छ। इन्जिनियर मुकेश राजेशलाई पनि आफूजस्तै बनाउन चाहन्थे। उनले भने, ‘भाइलाई जसरी पनि इन्जिनियर बनाउँछु भन्ने सपना देखेको थिएँ। तर, भाइले कृषि पढ्छु भन्यो। उसको सपना पूरा हुनै पाएन त्यसमा म दुखित छु।’

इजरायलको अशान्त अवस्थाबारे जानकारी भएको भए आफूले नपठाउने उनी बताउँछन्। कलेजलाई विश्वास गरेकोमा पछुतो लागेको मुकेशको गुनासो छ। राजेश चार दाजुभाइमध्ये साइँलो छोरा हुन्। सानैदेखि मिहिनति, लगनशील र कर्मठ उनी भदौ २४ गते इजरायल गएका थिए। इजरायल र हमासको द्वन्द्वका क्रममा उनको निधन भएको थियो। 

स्थानीय माउन्ड भ्यु स्कुलमा कक्षा ८ सम्म अध्ययन गरेका राजेशले एसएलसी भने इनरुवाको नवयुग एकेडेमीबाट गरे। कक्षा १२ विराटनगरको शिक्षादीप कलेजबाट उत्तीर्ण गरेका राजेश ४ वर्षअघि कृषि पढ्नका लागि सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर बहुमुखी क्याम्पसमा भर्ना भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.