जाजरकोटमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु
जाजरकोट : जाजरकोटको कुशे गाउँपालिकामा अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ। कुशे गाउँपालिका १ धाउनीका बीरबहादुर सिंहका दुई छोरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो।
अरिङ्गालको टोकाइबाट घाइते भएका ४ वर्षीया सुस्मिता सिंहको उपचारको लागि छेडागाड नगरपालिकाको थलह बजारमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो भने एक वर्षीया निरञ्जना सिंहको टालेगाउँ स्वास्यचौकीमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्यचौकी टालेगाउँका इन्चार्ज शेरबहादुर बस्नेतले जानकारी दिए।
बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत गम्भीर घाइते भएकी इन्चार्ज बस्नेतले बताए। उनको उपचार हाल भैरहेको छ।