बालबालिकाको अधिकार स्थापित गर्न थप लगानी गर्छौं : मन्त्री आचार्य

बालबालिकाको अधिकार स्थापित गर्न थप लगानी गर्छौं : मन्त्री आचार्य
सुन्नुहोस्

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बालबालिकाको अधिकार स्थापित गर्न राज्यले थप पहल र लगानी गर्ने प्रतिवद्धता जनाएका छन्।

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा राष्ट्रिय बालअधिकार परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री आचार्यले बाल अधिकारको सचेतनाकोका साथै बालबालिकाको अधिकार स्थापीत गर्न राज्यले थप पहल र लगानी गर्ने प्रतिबद्धता जनाएका हुन्।

उनले सचेतनाको अभावका कारण गर्भमै लिङ्गको पहिचान गर्ने, बालबालिका हराउने र जोखिममा पर्ने, बालविवाहमा पर्ने विविध समस्याहरुको न्यूनीकरणका लागि सरकार गम्भीर रहेको जिकिर गरे। बालअधिकारको सुनिश्चितताका लागि तीनवटै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्ने उनको भनाइ छ। त्यस्तै मन्त्री आचार्यले  बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र राष्ट्रिय ऐन, नियम र नीतिको कार्यान्वयनमा सवै पक्ष गम्भीर हुनुपर्ने जिकिर गरे। 

सन् २०११ देखि हरेक अक्टुबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवस मनाइने गरिएको हो। दिवसको यस बर्षको नारा ‘बाल अधिकारमा लगानी : हाम्रो नेतृत्व र सहज जीवनयापन’ रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.