लाओसको सामना गर्दै नेपाल

लाओसको सामना गर्दै नेपाल

काठमाडौं : फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको पहिलो खेलमा नेपालले बिहीबार लाओसको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि आफू उत्साहित रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले बताएका छन् । ‘लाओसको सामना गर्नका लागि उत्साहित छौं । लाओससँगको खेल हाम्रा लागि निकै महत्वपूर्ण छ । लाओसविरुद्ध मैदान उत्र्न हामी तयारी अवस्थामा छौं’, प्रशिक्षक एनेसले भने, ‘हाम्रा सबै खेलाडी फिट छन् । घरेलु मैदानको फाइदा उठाउने अभियानमा छौं ।’ उनले आओससँगको खेलका लागि दुई महिनाको तयारी गरेको बताउँदै म्यानमार तथा स्थानीय क्लबसँगको मैत्रीपूर्ण खेलको फाइदा पुग्ने बताए ।

प्रशिक्षक एनेसले गत मार्चमा थ्री नेसन्स कपमा लाओसको सामना गरेको स्मरण गर्दै त्यतिबेला र अहिलेको टोलीमा निकै परिवर्तन भइसकेको बताए । ‘लाओसको टोली फेरिएको छ । उनीहरूले पनि राम्रो तयारी गरेका छन्’, उनले भने, ‘खेल रोमाञ्चक हुनेछ । हामी जित निकाल्दै दोस्रो चरणमा पुग्ने प्रयासमा हुनेछौं ।’

कप्तान किरण चेम्जोङले विश्वकप छनोटको दोस्रो चरणमा पुग्न नेपाली टोली आतुर रहेको बताए । ‘विश्वकप छनोटका लागि राष्ट्रिय टोलीले लामो तयारी गरेको छ । खेलाडीहरूमा थप उत्साह थपिएको छ’, किरणले भने, ‘ ट्याक्टिकल र फिजिकल रुपमा हामी तयारी अवस्थामा छौं ।’

नेपाली टोली घोषणा

फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गतको घरेलु मैदानमा हुने खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले बुधबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । 

किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीको गोलरक्षकमा दीप कार्की र अभिषेक बराल छन् । यस्तै रक्षकमा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ र अरिक विष्ट छन् । यसैगरी मिडफिल्डरमा सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिशरत्न छुञ्जु र मनिष डाँगी छन् । मुख्य प्रशिक्षक एनेसले नेपाली टोलीको आक्रमणको जिम्मेवारी भने अञ्जन विष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जिव विष्टलाई सुम्पिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.