लुटेरा समूहले फायर खोलेपछि प्रहरीले गरेको थियो जवाफी कारबाही

लुटेरा समूहले फायर खोलेपछि प्रहरीले गरेको थियो जवाफी कारबाही
सुन्नुहोस्

काठमाडौं : प्रहरीले हतियारसहित लुटपाट गर्न आउने एक जनामाथि गोली प्रहार गरेको छ। बिहीबार दिउँसो बौद्धको जगडोलमा हतियारसहित लुटपाट गर्न आउनेमाथि प्रहरीले गोली प्रहार गरेको हो। 

गोकर्णेश्‍वर नगरपालिका-३ को जगडोलमा ३ वटा मोटरसाइकलमा आएका लुटेरा समूहले पछ्याउँदै गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका टोलीमाथि गोली प्रहार गरेको थियो। प्रहरीमाथि गोली प्रहार भएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले जवाफी कारबाही गरेको थियो। 

कारबाहीमा सिन्धुली कमलामाई नगरपालिका-२ का ३६ वर्षीय अमर घलानको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। उनको दाहिने घुँडामुनी-१ र तिघ्रामा-१ गरी २ गोली लागेको छ। घाइते घलानको जोरपाटीस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको साथबाट सात राउण्ड गोली र १ नाल पिस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। घलान सुन तस्कर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

घटनामा संलग्न रहेका रहेका ३६ वर्षीय शन्त लामा र ३० वर्षीय जितेन लामालाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ। घटनास्थलबाट फरार रहेका अन्यको खोजीकार्य भइरहेको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौर छन्। त्यहाँ आएयता उनी तादरुकता साथ अपराध न्युनीकरणमा जुटेका छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.