पटिहानीका होटल कोठा ‘सोल्ड आउट’

पटिहानीका होटल कोठा ‘सोल्ड आउट’
चितवनको पटिहानीस्थित राप्तीनदीमा डुंगा सयर गर्दै विदेशी पर्यटक। अनिल ढकाल
सुन्नुहोस्

चितवन : पर्यटकीय नगरी पटिहानीका होटल हिजोआज पर्यटकले खचाखच छन्। होटलमा कोठा खोज्दा नपाउने अवस्था छ। हरेक होटल ९० प्रतिशत भरिएका छन्। नयाँ बर्षका लागि  विदेशी पर्यटकले धमाधम बुकिङ गर्न थालेका छन्। होटल व्यवसायीका अनुसार जनवरीसम्मका लागि बुकिङ सुरु भएको छ। पश्चिम चितवनका ठूला होटलमा पर्यटक आउन थालेपछि व्यवसायी पनि उत्साहित भएका छन्। 

स्पेन, अमेरिका, चाइना, भारतीय, सिंगापुरका पर्यटक आउन थालेका छन्। पटिहानी र जगतपुर क्षेत्रमा सात ठूला स्तरीय होटलका तीन सय कोठा यसै साता सबै भरिएका छन्। ‘अक्टोबर लागेपछि पटिहानीमा विदेशी पर्यटकको आगमन बढेको छ,’ पर्यटन व्यवसायी विष्णुराज महतोले भने, ‘विगतको निराशालाई आशा जगाएको छ। पर्यटन क्षेत्रले समृद्धिको आशा जगाउँछ भन्ने विश्वास लिएका छौ।’ 

एक सातादेखि पर्यटक ओइरिएका छन्। पटिहानीका ठुला होटलमा कोठा धमाधम बुकिङ पनि बढेको छ। अक्टोबर सुरु भएलगत्तै विदेशी पाहुनाको आगमन बढेको हो। पटिहानीमा रहेको सोल्टी वेस्टन रिसोर्ट पाहुनाले भरिएका छन्। जनवरीसम्म होटल धमाधम बुकिङ हुन थालेका छन्। सोल्टी वेस्टेडका अप्रेसन म्यानेजर केशव ढकालले एक सातादेखि पर्यटकीय गतिविधि बढेको बताए। ‘भएका जति होटल सोल्ड आउटको अवस्थामा छन्,’ उनले भने, ‘पर्यटनको सिजन सुरु भएकाले अब जनवरीसम्म बुकिङ हुन थालेको छ। अहिले पनि भन्नेबित्तिकै कोठा पाहुन गाह्रो छ। सबै कोठामा पाहुना छन्।’

आगमनले पटिहानीमा चहलपहल बढेको छ। लामो समयदेखि सुस्ताएको पर्यटनमा आशा पलाएको व्यवसायीले बताए। होटल जंगल भिल्लाका सञ्चालक गणेशप्रसाद पौडेल पर्यटकको आगमनले उत्साह जागेको बताए। ‘पर्यटनमा धेरै कुराले असर गर्दा सुस्त जस्तै थियो। अहिले होटलमा पाहुना आएको देख्दा आशा जागेको छ,’ उनले भने, ‘हामीले वातावरण बनाउन सक्ने हो भने पर्यटकको खडेरी कहिल्यै लाग्दैन।’

राप्ती नदीमा डुंगा सयर गर्न पर्यटकको ताँती नै लागेको छ। निकुञ्जमा जिप सफारी, स्थानीयकला संस्कृतिमा पर्यटक रमाउने गर्छन्। पछिल्लो वर्ष पश्चिम चितवनको पटिहानी, जगतपुर, मेघौलीमा स्तरीय पर्यटकको आगमन बढ्दो छ। शान्त वातावरण भएकोले पश्चिम चितवनमा पर्यटक लोभिने गरेका छन्। 

राप्ती नदीमा डुंगा सयर गर्दै चरा अवलोकन गर्छन्। साँझपख सूर्यास्तको मनमोहक दृश्यले पर्यटक आकर्षित गरेको छ। थारू संस्कृतिलाई प्राथमिकतामा राखेर प्याकेज राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.