दसैंका लागि मूर्ति बनाउने हतारो

दसैंका लागि मूर्ति बनाउने हतारो
सुन्नुहोस्

बुटवल : दसैं नजिकिँदै गर्दा मूर्ति बनाउने मूर्तिकारहरूमा हतारो बढेको छ। रुपन्देहीका दर्जनौ स्थानमा दुर्गा भगवतीको मूर्ति निर्माण भइरहेका छन्।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको पर्सा चोकमा मूर्ति बनाइरहेका मूर्तिकार गौरीशंकर गुप्ताले मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। उनले लुम्बिनी क्षेत्रकै तीन स्थानमा करिब डेढ सय मूर्ति बनाइरहेका छन्।

गत जेठबाट मूर्ति निर्माण सुरु गरेका उनले लुम्बिनीको पर्सा चोकमा ५० वटा तयार पारेका छन्। तराईमा नवरात्रको सुरु हुँदाको अघिल्लो दिन मूर्ति ढुवानी गरिन्छ। दुर्गाको मूर्ति स्थापनामा मेला नै लाग्ने गरेको उनले बताए।

मूर्तिको आकार हेरेर मूल्य निर्धारण गरिन्छ। अहिले प्रतिमूर्ति २५ हजारदेखि ५० हजारसम्म तोकिएको छ। मूर्ति निर्माणमा माटो, बाँस, घाँस र रंगहरूको प्रयोग गरिन्छ। सजावटका लागि कपडा लगाइदिने काम मूर्तिकारहरूले सकेका छन्। गुप्ताले हरेक वर्ष मूर्ति बनाएर बेच्दै आएका छन्। 

केही वर्षअघिसम्म यस्ता मूर्तिहरू भारतबाट भित्रिदै आएका थिए। पछिल्लो समय भने नेपालमै मूर्ति निर्माण गरी बिक्री हुन थालेको हो। यस्ता मूर्तिहरू टोल तथा गाउँ मिलेर दुर्गा स्थापनाका लागि लगिने गरिएको मूर्तिकार गुप्ताले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.