लागूऔषधसहित मेडिकल सञ्चालक पक्राउ

लागूऔषधसहित मेडिकल सञ्चालक पक्राउ
सुन्नुहोस्

उदयपुर : मेडिकल सञ्चालकहरूबाटै लागूऔषधको कारोबार हुन थालेपछि प्रहरीले छापा मार्न थालेको छ। यसअघि जिल्लाका बोर्डर क्षेत्रमा मात्र केन्द्रित भएको प्रहरीले पछिल्लो पटक सेवनकर्ता पक्राउका क्रममा मेडिकल सञ्चालकले बिक्री गर्ने गरेको सूचना दिएसँगै नयाँ तथ्य खुलेको हो। 

केही दिनअघि चौदण्डीगढी नगरपालिका केन्द्र बेलटारस्थित मेडिकल सञ्चालक लागूऔषधसहित पक्राउ परेसँगै मेडिकल सञ्चालकहरूप्रति निगरानी बढाउँदै गएको प्रहरीले अर्को मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाका अनुसार सदरमुकाम गाईघाटबाटै २ हजार ५० ट्याब्लेट लागू औषधसहित मेडिकल व्यवसायी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ डिएमगेटस्थित काल्स फार्मेसीका सञ्चालक ३० वर्षीया सरिता चौधरी रहेको उनले बताए। 

मेडिकलबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा विशेष टोलीले फार्मेसीमा खानतलासी गर्दा प्रतिवन्धित औषधि फेला परेको एसपी थापाले बताए। चौधरीको फार्मेसीबाट स्पासपेन १ हजार ९६० ट्याब्लेट र बेगाबेलेन ८ पत्ताको ८० ट्याब्लेट बरामद गरिएको उनले बताए। 

उनका अनुसार बरामद औषधिसहित प्रहरी कार्यालयमा राखिएकी चौधरीलाई थप अनुसन्धान गर्न विराटनगरस्थित औषधि व्यवस्था विभाग पठाइएको छ। यसैबीच जिल्लामा लागूऔषध कारोबार र प्रयोगकर्ताको गतिविधि निस्तेज पार्न मिसन ड्रग इन्टरसेप्ट (एमडीआई) सञ्चालन गरेको प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। 

सिराहको कदमाह हुँदै उदयपुर आउँदै गरेका ३५ वर्षीय विकास भनिने चन्द्रशेखर राई र ३० वर्षीय विगेश राईको साथबाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। विशेष सूत्रबाट प्राप्त जानकारीका आधारमा शंकास्पद देखिएपछि त्रियुगा नगरपालिका-६ लालपत्तास्थित प्रहरी चौकीको टोलीले चेकजाँच गर्दा जम्मा ७५ एम्पुल लागूऔषध फेला परेको डीएसपी तथा सूचना अधिकारी हरिनन्दन चौधरीले बताए।

घटनामा प्रयोग गरिएको स६प ८५४२ नम्बरको स्कुटर चालक चन्द्रशेखर त्रिनपा १० बोक्सेका स्थानीय हुन्। त्यस्तै सोही स्कुटरको पछाडि सवार (लागूऔषध बोक्ने)बिगेशको घर भने त्रिनपा-११ शिवालयटोल हो।

डीएसपी चौधरीका अनुसार स्कुटर सवार उनीहरूको साथबाट फेनार्गन २५ एम्पुल, ब्रुपिनोर्फिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल बरामद भएको छ। दुवैलाई हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.