बहुमूल्य सामान देखाएर ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं : बहुमूल्य सामान देखाएर विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने ६ जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाका अनिल गदाइली, ललितपुरका रमेश नापित, मकवानपुरका सत्यनारायण कपाली, काभ्रेपलाञ्चोकका विकास श्रेष्ठ, ओखलढुंगाका लालबहादुर सुनुवार र मकवानपुरकै मुरली न्यौपानेलाई पक्राउ गरेको हो।