पार्टीमा बसेर संगठनलाई मान्दिनँ भन्न पाइँदैन : केपी ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बसेर संगठनलाई मान्दिनँ भन्न नपाउने बताएका छन्।
शुक्रबार ललितपुरमा पार्टीको स्कुल विभागले पार्टी विभागले आयोजना गरेको कार्यक्रममा ओलीले पार्टीमा बसेर महासचिव, उपमहासचिव मान्दिनँ भन्नु संगठन विपरित भएको भन्दै अनुशासनहीन र अराजकताले पार्टी अगाडि बढ्न नसक्ने बताए।
पार्टीको अनुशासन नमान्ने व्यक्ति पार्टीको कार्यकर्ता हुन नसक्ने उनको भनाइ छ। ओलीले पार्टी सञ्चालन गर्न जनवादी केन्द्रीयता आवश्यकता रहको धारणा राखे। उनले पार्टीको संरचना स्वीकार गर्न नसकिए विधि र नीतिहरूको पालना हुन नसक्ने जिकिर गरे। उनले पार्टीबाट प्रशिक्षित भएका व्यक्ति चेतनाको दियो भएर उभिन सक्नुपर्ने बताए।