मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्छौं, गठबन्धन जोगाउँछौं : प्रधानमन्त्री प्रचण्ड

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्छौं, गठबन्धन जोगाउँछौं : प्रधानमन्त्री प्रचण्ड

चितवन : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएका छन्।

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका सांसद कार्कीलाई वर्तमान केन्द्रिय सत्ता गठबन्धनले पनि विश्वासको मत दिने दाबी गरेका हुन्। चितवनमा सञ्चारकर्मीसँग बोल्दै उनले  भने, 'शेरबहादुर र शेखरसँग कुराकानी गर्छौं, गठबन्धन टुट्दैन । कोसीमा कार्किलाई विश्वासको मत दिएर गठबन्धन जोगाउँछौं।'

उनले कोसीमा गठबन्धन कै सरकार हुने र सर्वपक्षीय सरकारको सम्भावना नभएको दाबी गरे। उनले रिफ्रेसका लागि आफू चितवन आएको बताए। 

कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थन लिएर बहुमत पुर्‍याउँदै शनिबार बिहान कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो।

एमालेको समर्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले समयमै दाबी पेस पनि गरे। तर, सनाखतको बहानामा प्रदेश प्रमुख पर्शुराम खापुङले आफैंले दिएको समय पनि त्यत्तिकै टारिदिएका थिए। स-शरिर सांसद उपस्थित भएर सनाखत गरेपछि आज कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। आङ्बोलाई समर्थन गर्ने सांसद सनाखत गर्न गएनन्। 

कार्कीले आइतबार मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने र मन्त्रिपरिषद् बनाउँदैछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.