विश्वका गम्भीर समस्या समाधान गर्न एसियाली दलहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : ओली

विश्वका गम्भीर समस्या समाधान गर्न एसियाली दलहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वका गम्भीर समस्या समाधान गर्न एसियाली राजनीतिक दलहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्। एसियाली राजनीतिक दलहरुको अन्तराष्ट्रिय सम्मेलन (आइक्याप)को स्थायी समितिको चौधौं बैठक एवं एसिया–युरोप राजनीतिक मञ्चको पाँचौ बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले एसियाली राजनीतिक दलका हैसियतले विश्व आर्थिक मामिलामा एसियाको प्रभावकारी भूमिका बढाउन प्रयत्नशील रहँदा, विश्वका गम्भीर समस्या समधान गर्न समेत नेतृत्वदायी भूमिका खेल्ने संकल्प गर्नुपर्ने बताएका हुन्।

सबै द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय अन्तराष्ट्रिय मञ्चका सरोकारवालाहरुसंग साझा चासो र पारस्परिक लाभका बिषमा सहकार्य गर्न चाहेको उनको भनाई छ। विदेश मामिलामा सार्वभौम समानता, पारस्परिक लाभ, न्याय र निष्पक्षताले निर्देशित गरेको भन्दै उनले सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने सिद्धान्तमा एमालेको अटल विश्वास रहेको धारणा राखे।

अध्यक्ष ओलीले नेपालमा परिपूर्ण लोकतन्त्रको अवधारणा अवलम्बन गर्दै नेपाली जनताको सुख र समृद्धिको आकांक्षा पूरा गर्नुलाई सबैभन्दा ठूलो कार्यभार मानेको उल्लेख गरे। उनले नेपालमा राजनीति र राजनीतिक दलको निरन्तर प्रयत्नबाट मुलुकमा आत्म–निर्णयको अभ्यास गर्न सक्षम भएको र मानवअधिकार र मौलिक स्वतन्त्राको प्राप्ति सम्भव भएको बताए।

उनले राजनीतिक स्थायीत्व हासिल गर्दै आर्थिक विकासको बाटो पहिल्याउने तथा आन्तरिक स्थिरता र बाह्य सुरक्षा कायम राख्न सक्ने मुलुक नै समृद्धशाली राज्य भएको जिकिर गरे। सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्धाभव तथा सहयोगको भावना प्रवर्द्धन गर्न राजनीतिक दलको असाधारण भूमिका हुने उनको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.