उदयपुर रेडक्रसका सवारी साधनको दुरुपयोग

उदयपुर रेडक्रसका सवारी साधनको दुरुपयोग
सुन्नुहोस्

उदयपुर :  नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाका सवारी साधनको दुरुपयोग भएको पाइएको छ। शाखाका विगठित समितिका पदाधिकारी तथा समितिले प्रयोग गर्दै आएको एक हाइलेक्स र चारवटा मोटरसाइकल गरी पाँचवटा सवारी साधनको व्यापक दुरुपयोग भएको पाइएको छ।

उच्च अदालत विराटनगरले विनोदकुमार बस्नेत नेतृत्वको समितिलाई अवैधानिक भन्दै मदनराज कटुवाल रहेको नेतृत्वलाई वैद्यानिकता दिएसँगै पूर्व समितिले हालसम्म कुनै पनि सामग्रीहरू नबुझाई दुरुपयोग गर्दै आएका छन्।

अदालतको फैसलापछि जिल्ला शाखामा कार्यभार सम्हाल्न पुगेको नेतृत्वलाई विगठित समितिले अहिलेसम्म स्वीकार्न सकेको छैन। उल्टै तालाचावी लगाएर कर्मचारीलाइ समेत कार्यालय जान नदिएपछि नयाँ समितिले विगठित समिति र स्थानीय प्रशासनलाई पटक–पटक पत्राचार गरी ताला फोडेर कामकारबाही सुरु गरेको छ।

पुरानो आयव्यय, सम्पती, कागजात केही नबुझाएपछि संस्थालाई जीवन्त दिन शून्य अवस्थाबाट सुरु गरिएको शाखाका सभापति मदनराज कटुवालले बताए। उनले भने, ‘दातृनिकायले दिएको र शाखाका आफ्ना जे जस्ता चलअचल सम्पती छन् ती सबैको खोजी गर्न सुरु गरेका छौं। खोज्दै जाँदा संस्थाको पाँचवटा सवारी साधन रहेको पाइएको छ। ती सबै पूर्वपदाधिकारी र समितिले व्यक्तिगत काममा प्रयोजन गरी व्यापक दुरुपयोग भएको पाइएको छ।' शाखामा बुझाउन गरिएको पत्राचारको बेवास्ता भएपछि यसलाई रोक्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ।

उनले भने, ‘हिजो हामीलाई कार्यालय प्रवेश गर्न दिइएन, फोडेर पस्नु पर्‍यो, त्यो पनि सहेकै थियौं, तर अहिलेसम्म पनि त्यतिका सम्पती बुझाउनेमा चासो नदिएपछि दुरुपयोग भएको टुलुटुलु हेरेर बस्न सकेनौं, त्यसैले नियन्त्रका लागि जिल्ला प्रहरी र ट्राफिक कार्यालयलाई बोधार्थ दिई स्थानीय प्रशासनलाई पत्राचार गरेका छौं।'

समितिले प्रदेश ०१–०२७ च ६७२५ नम्बरको महेन्द्र पिकअप हायलेक्स गाडी, वा९४प ५०१०, वा७८प ९३८ नम्बरको एक्सआर, वा९४प ३१४३, वा२७प ३४५० र वा७३प ३७४१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई शाखालाई बुझाई दिन अनुरोध गरेको छ। 

सभापति कटुवालले भने, ‘विशुद्ध सामाजिक सेवामा रहेको यति ठूलो सञ्जालभित्र विगठित समितिले झण्डै दुई दशकदेखि एकलौटी ढंगले आफूखुशी काम भएका रहेछन्। ती सबै बाहिर आउने डरले हामीलाई रोक्ने प्रयास भएको छ। यसविरुद्ध हामी डटेर सामना गर्छौं।'

समितिका सदस्य राजकुमार राईले भने, ‘पूर्वपदाधिकारीका कारण रेडक्रस जस्तो पवित्र संस्था आज व्यतिथि र बदनाम बन्यो, यसलाई सबैले नजिकबाट नियालि राख्नु भएको छ, त्यसकारण यसको समुल नष्ट गर्दै पुनः जनतामा स्थापित गर्नु हाम्रो पहिलो कर्तव्य हो।' 

उनले भने, ‘आफ्नै आयश्रोत भएको संस्थाको हिसाबकिताब केही छैन, सटरहरू भाँडामा छन्, जसको हिसाब पदाधिकारीको सिधै गोजीमा जाने व्यवस्था रहेछ, यस्ता व्यथिति धेरै छन् जसलाई हाम्रो समितिले मूलधारमा ल्याउँछ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.