निगमका नउड्ने जहाज

निगमका नउड्ने जहाज
सुन्नुहोस्

थाइल्यान्डको थाई एयरलाइन्स र नेपाल वायु सेवा निगमसँगसँगै जस्तो सुरु भएका हुन् । तर आज थाई एयरलाइन्ससँग सयौंको संख्यामा जहाज हुँदा नेपाल एयरलाइन्ससँग भने नगन्य मात्रामा जहाज हुनु दुर्भाग्य हो । नेपाल वायुसेवा निगम त झन् ४८ अर्ब रुपैयाँ ऋणमा डुबेको छ । त्यसमाथि झन् भएका जहाज पनि भूमिस्थ (ग्राउन्डेड) भएका छन् । उड्ने जहाज सुतिरहेका छन् । वायु सेवा निगमको उद्देश्य नै जहाज उडाउने, स्वदेशी विदेशी यात्रुलाई सेवा दिने र कमाउने पनि हो । तर जब जहाज नै ग्राउन्डेड हुन्छन् भने उड्छन् कसरी र निगमले कमाउँछ कसरी ? अनि ऋण नलागेर के लाग्छ ? अन्तर्राष्ट्रिय उडानमा जानुपर्ने न्यारो बडी र वाइडबडी जहाँ जहिलेसुकै विभिन्न कारण भूमिस्थ हुन्छन् । कहिले प्राविधिक गडबडी के के कहिले के ।

२०२३ को फेब्रुअरीदेखि सेप्टेम्बरसम्म न्यारोबडी र वाइडबडी २१ पटक ग्राउन्डेड भएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा रिपोर्ट गरिएको छ । जसमा न्यारोबडी जहाज १५ पटक र वाइडबडी जहाज ६ पटकसम्म ग्राउन्डेड भएका छन् । जहाज भूमिस्थ भइदिँदा निगमले तालिका लिएका हङकङ, मलेसिया, कतार, बैंकक, दुबई, मुम्बई होस् या दिल्लीलगायत ११ गन्तव्य बेलाबखत सुनसान हुन्छन् । वैदेशिक रोजगारीमा जाने नेपाली पाएसम्म नेपाल वायुसेवा निगमकै उडान रोज्छन् । तर कतार, दुबई होस् या मलेसिया जहाँ धेरै नेपाली छन्, त्यहींका उडान नियमित छैनन् । उस्तै परे त्रिभुवन विमानस्थल पुगेर पनि यात्रु फर्कनुपर्छ । त्यस्ता दृष्टान्त जति पनि छन् । सबैभन्दा पहिला त निगमले विश्वास आर्जन गर्नुपर्ने अवस्था छ ।

त्यसपछि मात्रै उसले नाफाबारे सोच्न सक्छ । अहिलेको हालत त कस्तो भने वर्षमा पाँच अर्ब नाफा कमाए पनि ऋण तिर्न पुग्दैन, तर नाफाको न छैन । होस् पनि कसरी एउटा जहाज एक दिन उड्दा हुने नाफा एक करोड रुपैयाँ हो तर महिनैपिच्छे कैंयौं दिन जहाज भूमिस्थ भइरहन्छ । बिग्रेको जहाज बनाउने काम बेलामा हुँदैन । अनि घाटामाथि घाटा थपिन्छ । निगमको व्यवस्थापन यति फितलो र कमजोर छ कि सामान्य मर्मत सम्भार पनि तुरुन्तै कहिल्यै हुँदैन । जहाज नउड्ने, सुत्ने र निगमभित्र जति पनि समस्या छन्, तिनको जड व्यवस्थापकीय कमजोरी र लापरबाही नै हो । त्यसको सुधार ससानो तरिकाबाट सम्भव नहुने पुष्टि भइसक्यो । निगमको पूरै कायाकल्पबाट पनि पूरै सुधार सम्भव छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.