अर्थतन्त्र मन्दीमा पुग्यो : पूर्वअर्थमन्त्री पौडेल

अर्थतन्त्र मन्दीमा पुग्यो : पूर्वअर्थमन्त्री पौडेल

बुटवल : पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र मन्दीमा पुगेको बताएका छन्। पछिल्लो छ महिनाको आर्थिक परिसूचकले अर्थतन्त्र मन्दीमा धकेलिएको देखाएको भन्दै यसमा सुधार नथालिए जोखिम झन बढ्ने बताए। 

‘पछिल्लो छ महिनाको आर्थिक वृद्धिदर नकारात्मक छ, यसले अर्थतन्त्र शिथिल भन्दा पनि मन्दीमा पुगेको देखाउँछ, उनले भने–‘लक्ष्य अनुरुपका राजश्व संकलन हुन नसक्नु जोखिम हो।’ यस्तो अवस्थामा पनि सरकारले अर्थतन्त्रको समस्या पहिचान गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे।

बुटवलमा सोमबार रूपन्देही उद्योग संघको ४५ औं साधारण सभा तथा २३ औं अधिवेशनको  उद्घाटन गर्दै उनले माग, आपूर्ति र उत्पादनमा तालमेल नभइरहेको बताए। ‘माग र आपूर्ति कम भइरहेको छ, उद्योगहरूले ५० प्रतिशत क्षमतामा पनि उत्पादन गर्न सकिरहेका छैनन्,' उनले भने। 

सरकार भने आयात घटिरहेकोमा दंग परिएको भन्दै उनले यसले सरकार अर्थतन्त्रप्रति गम्भीर नदेखिएको बताए। नेपालको आयातमुखी राजश्व रहेको भन्दै आयात कम हुँदाका समस्यामा सरकार समीक्षा नै गर्न नसकेको उनले उल्लेख गरे। ‘आयात बढ्दा मात्रै  उद्योग चल्छन्, व्यापार फस्टाउँछ, रोजगारीको सिर्जना हुन्छ, उनले भने,–‘किन भने नेपाली उत्पादन कच्चा पदार्थका आयातबाट नै भइरहेको छ। आयात कम हुँदा उत्पादन कम हुन्छ भन्ने सरकारले बुझ्नै नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे।

अर्थतन्त्र संकुचन भई नागरिक अफ्ठ्यारोमा पर्दा सरकार भर्ने चिर्कटो सम्झौतामा केन्द्रित भई सत्ता जोगाउन अभिप्रेरित रहेको आरोप लगाए। सत्ता र शक्ति बचाउनका लागि चिर्कटो सम्झौता गर्दा गर्दै राष्ट्रको अर्थतन्त्र भयावह हुँदा पनि त्यसतर्फ सोच्ने सरकारलाई फुर्सद नभएको उनले दावी गरे।

‘सरकारलाई देशको अर्थतन्त्रका समस्याबारे कुनै मतलव छैन, चासो छैन, सत्ता र सरकार टिकाउने, कागजमा लेखेको चिर्कटो सम्झौता गर्दा ठिक्क छ, देशको अर्थतन्त्र र उद्योगी व्यवसायीका बारेका कहाँ छलफल गर्छ ? सरकारको ध्यान यो गठबन्धन जोगिनुपर्‍यो भन्नेमा मात्र केन्द्रित छ।’ उनले भने।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष राजेश अग्रवालले अर्थतन्त्रको सुधारमा राज्य गम्भीर नभएको भन्दै चिन्ता व्यक्त गरे। उद्योगीहरू उत्पादन बढाउन नसकिरहेको तर बैंकको ब्याज तिर्न नसक्दा लिलामीमा जाने प्रक्रिया बढिरहेको भन्दै चिन्ता व्यक्त गरे।

‘बलियो प्रमाणबिना उद्योगीलाई प्रहरीकहा थुन्ने कुरा जायज छैन, उनले भने,–‘अनायकमै थुनेर उद्योगी तर्साउने काम गर्नुहुँदैन। अग्रिम धरौटी लिएर अदालतले छानबिनको फैसला दिएपछि मात्रै कारबाही हुनुपर्छ,' उनले भने।

उद्योगी अग्रवालले उत्पादन बढाउने वातावरण बनाउन सरकारलाई आग्रह गरे। लगानीको संरक्षण नहुने त्रास भइरहेको उनको भनाइ छ। रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले उत्पादन, बजारीकरणका समस्यामा उद्योगी परिरहेको भन्दै अब उत्पादनभन्दा बन्द गर्नुपर्ने जोखिम बढिरहेको उनले बताए। 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.