खेलौनामा खेलाँची नगरौं

खेलौनामा खेलाँची नगरौं
फाइल तस्बिर।
सुन्नुहोस्

बालबालिकालाई खेलौना प्रिय चिज हो। पहिलापहिला ढुंगामाटोकै खेलानाको भर थियो। अचेल आधुनिक खेलौना बजारबाटै किनेर बालबालिकालाई दिने चलन छ। तर जति आधुनिक खेलौना उति जोखिम हुन्छ, तर यो कुरा धेरै अभिभावकलाई थाहा छैन। त्यो के भने बालबालिकाका खेलौना आकर्षक र चम्किलो बनाउन प्रयोग हुने रङमा सिसा (लिड)को प्रयोग हुन्छ। जुन बालबालिकाको रगतमा प्रवेश गर्छ र असाध्य रोगको सिकार बनाउन सक्छ।

फलामजन्य वस्तुलाई खिया लाग्न नदिन तथा रङलाई चम्किलो बनाउन प्रयोग हुने वस्तु सिसा अर्थात् लिड हो। त्यो सिसा शरीरमा प्रवेश गरी सिधै रगतमा मिल्छ। अनि बालबालिकाको शारीरिक र मानसिक विकासमा बाधामात्रै पु¥याउँदैन, विकलांगैसमेत बनाउन सक्छ। मस्तिष्क विकास र अध्ययन क्षमतामा ह्रास, सुनाइ क्षमतामा ह्रास, बोली तथा व्यवहारमा समस्या, उच्च रक्तचाप, मिर्गाैलामा क्षति, सन्तान उत्पादन क्षमतामा समस्या, एनेमिया, पाचन प्रणालीमा समस्या लिडले निम्त्याउन सक्ने विश्व स्वास्थ्य संगठनले नै औंल्याएको छ। नेपालकै केही बालबालिकामा वृद्धि विकासमा ढिलाइ भएको कारण लिड नै भएको अध्ययनहरूले पनि देखाएका छन्।

नेपालमा अध्ययन गरिएका ३७ रङ उद्योगका ६२ रङ नमुनामध्ये पाँच वटा उद्योगका सात रङ नमुनामा लिडको मात्रा १० हजार पीपीएमभन्दा बढी देखिएको थियो। नेपाल गुणस्तर चिह्न लगाई ‘नो लिड’ लेखिएका रङमा  समेतमा पनि मापदण्ड अधिकतम् ९० पीपीएमभन्दा बढी लिड भेटिएको थियो। त्यो भनेको हदैसम्मको लापरबाही हो। सरकारले अनुगमन गरी त्यस्तो हानिकारक वस्तुको प्रयोगमा पूर्णत प्रतिबन्ध लगाउनुपर्छ। सर्वसाधारणले त कुन रङमा सिसा छ, कुन खेलौनामा छ भनेर पत्ता लगाउन सक्ने कुरै होइन। त्यसमा सरकारकै अंकुश जरुरी हुन्छ।

लिडको स्रोत रङ र खेलौनामात्रै नभई महिलाले प्रयोग गर्ने सिन्दुर, गाजल, लिपस्टिक, नङपालिस पनि हुन्। त्यसैले बालबालिकामात्रै नभई वयस्कहरू पनि सिसाको जोखिममा हुन्छन्। सिसाको जोखिम कतिसम्म भने मानिसको मस्तिष्कको बौद्धिक क्षमतामा ह्रास आएको छ। हृदयाघातबाट मृत्यु हुनेको संख्या सन् २०१९ मा अनुमान गरिएभन्दा ६ गुणाले धेरै भएको थियो। मानव जीवनका लागि हानिकारक तŒवबाट बालबालिकाबाट मात्रै होइन, सबैलाई जोगाउन जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.