एनआरएनएको विश्व सम्मेलन आजदेखि

एनआरएनएको विश्व सम्मेलन आजदेखि
सुन्नुहोस्

काठमाडौं :गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन आजदेखि सुरू हुँदैछ । एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म हुनेछ । यसको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् ।

अधिवेशनमा अनलाइन भोटिङमार्फत संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिनेछ। इतिहासमै पहिलोपटक फेसियल भेरिफिकेशनमार्फत अनलाइन भोटिङ हुन लागेको हो। 

निर्वाचनमा ५९ देशमा ४ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन्। ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनए प्रवक्ता सोम सापकोटाले बताए ।  त्यसपछि विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन हुनेछ।

कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम राखिएको छ। संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै सम्मेलन सकिनेछ। कार्यक्रमको समापन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.