कम परिमाणको तेल बिक्री गर्ने गैह्रीगाउँस्थित भ्याली बाबा पेट्रोल पम्प सिल

कम परिमाणको तेल बिक्री गर्ने गैह्रीगाउँस्थित भ्याली बाबा पेट्रोल पम्प सिल
सुन्नुहोस्

काठमाडौं : उपत्यकाभित्र रहेका पेट्रोल पम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री कार्यालय, आयल निगमलगायतले संयुक्तरूपमा अनुगमन गरेको छ।

पेट्रोल पम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा संयुक्त अनुगमन टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेको पेट्रोल पम्पमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा काठमाडौंको गैह्रीगाउँको भ्याली बाबा सप्लायर्सबाट कम परिमाणको तेल बिक्री वितरण गरेको पाइएपछि पेट्रोल पम्पको एउटा नोजललाई सिल गरिएको छ। परिमाण मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न प्रधानमन्त्रीको सचिवालय सदस्य बिनोद न्यौपानेले जानकारी दिए। चाडपर्वको मौका छोपी उपभोक्तामाथि ठगी हुनसक्ने भएकाले अनुगमन गरिएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.