ज्येष्ठ प्रहरीलाई सम्मान गर्दै मनाइयो प्रहरी दिवस

ज्येष्ठ प्रहरीलाई सम्मान गर्दै मनाइयो प्रहरी दिवस
सुन्नुहोस्

उदयपुर : बर्सेनि औपचारिक कार्यक्रममा मात्र सीमित रहेको प्रहरी दिवस यसपटक उदयपुरमा रचनात्मक क्रियाकलापसहित सम्पन्न भएको छ। 

विगत वर्षमा पूर्वप्रहरी, अमर परिवार र अन्य अतिथिको उपस्थितिमा मन्तव्यसहितको औपचारिक कार्यक्रम गरी मनाईंदै आएको दिवसलाई जिल्ला प्रहरी कार्यालयले यसपटक विभिन्न विधाका खेलकुद प्रतियोगितासहित मनाएको हो। ६८औं प्रहरी दिवसको अवसरमा कार्यालयले ७० वर्ष पूरा पुगेका ज्येष्ठ पूर्वप्रहरी, अमर प्रहरी र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरेको छ। 

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत त्रियुगा उद्योग वाणिज्य संघको सहयोगमा जिल्ला स्तरीय खुला व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। त्यस्तै, निबन्ध लेखन तथा भलिबल प्रतियोगिता पनि आयोजना गरिएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला न्यायाधीश नवराज दुलालले मान्छेलाई हतकडी लगाइ अदालतमा उपस्थिति गराएर मात्र शान्तिसुरक्षा कायम नहुने भएकाले सबै क्षेत्रबाट सहयोग भए मात्र अपराध न्यूनीकरण हुने बताए। कार्यक्रममा एसपी थापाले अमर आत्माको सम्मान र स्मरणमा प्रहरी स्मारकमा यसै वर्षदेखि जलसिञ्चनको व्यवस्था गरिएको बताए। उनले जिल्लाको शान्ति सुरक्षा प्रभावकारी राख्न कानुन कार्यान्वयन गर्न सबै सक्कल दर्जाका कर्मचारीलाई जागिर मात्र नभइ सेवाका भावनाले उच्च मनोवलका साथ काम गर्न निर्देशन दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.