कोसीमा कांग्रेसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने, सत्तापक्षकै सिटमा बस्ने

कोसीमा कांग्रेसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने, सत्तापक्षकै सिटमा बस्ने

विराटनगर : नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ। आज बिहान बसेको दलको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको कोशी प्रदेशका मन्त्री शम्शेर राईले जानकारी दिए ।

उनका अनुसार केन्द्रले गरेको परिपत्र अनुसार प्रदेश सभामा सत्ता पक्षको सिटमा बस्ने निर्णय भएको छ। प्रदेशसभाको चौथो अधिवेशनको तेस्रो बैठकबाटै कार्कीले विश्वासको मत लिन लागेका हुन्। गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन्। उनले आइतबार पद तथा गोपनीयताको सपथ लिए। उनले एमालेका रामबहादुर राना र कांग्रेसका शम्शेर राईलाई समेटेर मन्त्रिमण्डल गठन गरेका हुन्।

कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्। यसअघि नियुक्त भएका प्रदेशका मुख्यमन्त्रीभन्दा चाँडै उनले विश्वासको मत लिन लागेका छन्। गठबन्धन र कांग्रेसको आधिकारिक निर्णयविपरीत उत्रिएका कार्कीलाई कांग्रेसभित्रका विद्रोही तथा एमालेका प्रदेशसभा सदस्यले मुख्यमन्त्री बन्न सहयोग गरेका थिए। 

बैठकले कांग्रेसको संसदीय दलका नेता उद्धव थापालाई अर्को व्यवस्था नभएसम्मका लागि दलको नेताको जिम्मेवारी दिएको हो। थापाले कार्की मुख्यमन्त्री बनेपछि राजीनामा दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.