कोसी प्रदेश : विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन सुरू

कोसी प्रदेश : विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन सुरू
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मागेको विश्वासको मतमाथि विभाजन सुरू भएको छ। मत विभाजनका लागि सभामुखको आसनको दायाँ र बायाँ हस्ताक्षरका लागि टेबुलको व्यवस्था  गरिएको छ।

बुधबार प्रदेशसभामा पेश गरेको विश्वासको मतको प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि प्रदेशसभामा मत विभाजनको प्रक्रिया सुरू भएको हो।

बैठकमा मुख्यमन्त्री केदार कार्कीले  प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम विश्वासको मत लिने प्रस्ताव सदनसमक्ष राखेका थिए।

९३ जना प्रदेसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ। तर,कार्कीलाई गठबन्धनबाट विद्रोही गरेर गएका शेखर कोइराला पक्षका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थन छ। 

मुख्यमन्त्री कार्कीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र,जसपाले विश्वासको मत दिने निर्णय गरेका छन्। 

कोसी प्रदेशसभामा एमालेका ४० (उपसभामुखसहित),कांग्रेसका २९,नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

कार्की नेतृत्व कोसी प्रदेश सरकार गठन प्रक्रियामा राप्रपामा तटस्थ छ। गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन्।  कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। मुख्यमन्त्री कार्कीले एमालेका रामबहादुर राना र कांग्रेसका शम्शेर राईलाई मन्त्रीसमेत नियुक्त गरेका छन्।

कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.