श्रीमती हत्यासहित विभिन्न घटनाका ६ आरोपित सार्वजानिक

श्रीमती हत्यासहित विभिन्न घटनाका ६ आरोपित सार्वजानिक
सुन्नुहोस्

उदयपुर : जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न घटनामा संम्लग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। 

पछिल्लो बीस दिन यता अपराध न्युनीकरणका लागि प्रहरी युनिटबाट भएगरेका गतिविधि बुधबार सार्वजानिक गर्नेक्रममा कर्तव्य ज्यान मुद्दामा तीन जना, ठगीमा एक जना र नियन्त्रित औषध मुद्दामा दुई जना पक्राउ परेको जानकारी दिइएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार मंगलबार राति २९ वर्षिया छविमाया राईलाई प्रेसरकुकर र भड्डु भाँडाले हिर्काएर हत्या गरेको आरोपमा उदयपुरगढी गाउँपालिका ७ नागवेलीका ३१ वर्षीय सन्तोष भनिने पिटर राईलाई पक्राउ गरिएको छ। उनीहरू श्रीमान श्रीमती हुन्। 

भारतको नयाँ दिल्लीमा ९ महिना काम गरेर १४ दिन अघि उदयपुर फर्किएका उनीहरू त्रियुगा नगरपालिका-५ श्रीपुरमा छविमायाको दिदीको घरमा बस्दै आएका थिए। राति ९ बजे मादकपर्दाथ सेवन गरी बसेको घर पुगेका राईले आपसी विवादमा श्रीमतीलाई प्रेसरकुकरले क्रूरतापूर्वक अनुहार, नाक, मुखमा कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ। 

कुटपिटबाट भुईमा ढलेकी राईलाई स्थानीयले जिल्ला अस्पतालमा पुर्‍याएका थिए। उनलाई चिकित्सकले राती १०:३० बजे मृत्यु घोषणा गरेका थिए। घटनालगत्तै भारत भाग्ने मनस्थितिले फरार भएका आरोपितलाई त्रियुगा नपा ८ राजबास बैरेनीबाट १२:५० बजे पक्राउ गरिएको एसपी थापाले बताए। 

प्रहरीको अनुसन्धानबाट उनीहरूबीच विगत तीन वर्षदेखि घर्यासी झगडामा स्थानीयले पटक-पटक छलफल गरी मिलाइएको खुलेको छ। एसपी थापाले भने, ‘आरोपितको प्रारम्भिक वयान र घटनाको वस्तुस्थिति हेर्दा आरोपितको मनसाय श्रीमतीलाई कुनै न कुनै रूपले शारिरीकरूपमा क्षति पुर्‍याउने योजना रहेको देखिन्छ।’
 
त्यसैगरी प्रहरीले साउन ११ गते राती त्रियुगा नपा ७ सुक्लाईका रमेशकुमार सार्कीलाई हत्या गरेको आरोपमा सोही ठाउँका चन्द्रकुमार सार्की र तेजकुमार सार्कीलाई पक्राउ गरेको छ। चन्द्रकुमारको आदेशमा छोरा तेजकुमारले चिरपट दाउरा प्रहार गरी रमेशको हत्या गरेको खुलेको एसपी थापाले बताए। 

कुटपिटबाट घाईते भएका रमेशको दुई महिना पछि असोज १५ गते मृत्यु भएको डीएसपी हरिनन्दन चौधरीले बताए। घटना लगत्तै फरार रहेका उनीहरूलाई असोज ३० गते पक्राउ गरिएको उनले बताए। आरोपितहरूविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको कर्तव्य ज्यान मुद्दामा परिणत गरेको उनले बताए। 

पत्रकार सम्मेलनमा प्रहरीले ठगि मुद्दामा रौतामाई गाउँपालिका ७ मुर्कुचीस्थित सिर्जनशिल लघुवित्त वित्तीय संस्थाका वरिष्ठ फिल्ड सहायक त्रियुगा नपा ५ का २७ वर्षीय गौरवबहादुर अधिकारीलाई पक्राउ गरेको छ। 

अधिकारीले २०७८ माघ २८ यता विभिन्न समयमा संस्थाको फर्जि नामावली कागज बनाई फर्जि ऋणपत्र देखाई साँवा ५० लाख ९१ हजार ५७७ र व्याज २२ लाख ३१ हजार १६६ गरी जम्मा ७३ लाख २२ हजार ७४३ रुपैयाँ ठगी गरेको डीएसपी चौधरीले बताए। 

उनलाई असोज २९ गते महोत्तरी जिल्लाको वलवा नगरपालिका ९ अध्यानपुर (भारतको सिमाना नजिक)मा लुकिछिपी बस्दै गरेको अवश्थामा पक्राउ गरिएको उनले बताए। उनलाई संस्थाको तर्फबाट नै जाहेरी दिएपछि ठगिबाट बैकिङ्ग कसुर मुद्दामा परिणत गरी अनुसन्धान सुरु गरिएको डिएसपी चौधरीले बताए। 

त्यसैगरी विल विनाको ३८ हजार मुल्य पर्ने नियन्त्रित औषधि कारोबार गरेको आरोपमा प्रहरीले कटारी ३ का चन्द्रकुमार सुनुवार र वडानं ४ का ३५ बर्षिय तेजेन्द्र सुनुवारलाई पक्राउ गरेको छ । असोज ३० गते कटारी १ बेलसोतस्थित सिन्धुली भित्रको सडकखण्डबाट ओसारपसार गर्नेक्रममा उनीहरुलाई पक्राउ गरिएको डिएसपी चौधरीले बताए । 

उनीहरु व्यापारी नभई लागुऔषध प्रयोगकर्ता रहेको अनुसन्धानबाट खुलेको उनले बताए । दुबैलाई थप अनुसन्धानका लागि औषधि विभाग बिराटनगर पठाईएको उनले बताए । प्रहरीले आरोपित द्धयको साथबाट डिकोफ एक सय चक्किी, टेनाग १ हजार ८१०, स्पास्मो १ हजार ५०० र कोफट्याव–डिट्यावलेट १४ थान ट्यावलेट वरामद गरेको उनले बताए बताए । 

पत्रकार सम्मेलनमा एसपी थापाले असोज १८ गतेदेखि २७ गतेसम्म बेलका नगरपालिकाको मैनामैनी र ताप्ली गाउँपालिकाको विभिन्न स्थानमा करिव एक सय पाँच रोपनी जग्गामा लगाइएको १ लाख १३ हजार वोटविरुवा फडानी गरिएको जानकारी दिए। 

थापाले जिप्रकामा हाजिर भएयता दण्डहीनताको अन्त्यका लागि अभियानहरु सञ्चालन गरेको बताए। उनले जिल्लाको शान्ति, सुरक्षा मजवुद बनाउन योजनाबद्ध ढंगले मातहतका सबै युनिट परिचालन गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.