हङकङविरुद्ध नेपालको सहज जित

हङकङविरुद्ध नेपालको सहज जित
तस्बिर : क्यान
सुन्नुहोस्

काठमाडौं : त्रिकोणात्मक टी- २० आई सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ। हङकङले दिएको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा पूरा गरेको हो। बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङ १९ ओभर ३ बलमा ९४ रनमा अलआउट भएको थियो।

सहज लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ४२ रन बनाए। शेखले ३४ बलमा ६ चौका प्रहार गरे।

नेपालका लागि रोहित पौडेल २५ रन तथा गुल्सन झा १४ रनमा अविजित रहे। ओपनर कुशल भुर्तेलले ८ रन बनाउँदा सन्दीप जोरा ३ र कुशल मल्ल १ रनमा आउट भए।

यसअघि हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले ४ विकेट लिएका थिए। ४ ओभर बलिङ गर्दै केसीले १५ रन खर्चिए।

हङकङका लागि यासिम मुर्ताजाले ३६ रन बनाएका थिए। हङकङका लागि मुर्ताजा र जिसन अलि बाहेकले दोहोरो अंक छुन सकेनन्। अलिले १७ रन तथा ओपनर अंशुमान रथ ७ रन बनाएर आउट भए। पाहुना टोलीका लागि अदित गोरावारले ८ र अजाज खानले थप ७ रन बनाए।

नेपालका लागि करणले ४, सोमपाल कामी र अभिनाश बोहोराले २-२ तथा कुशल मल्ल र मौसम ढकालले १-१ विकेट लिए। यसअघि नेपालले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको थियो। नेपालले पहिलो खेलमा हिजो युएईलाई ७ विकेटले पराजित गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.