जयन्ती मंगला काली...

जयन्ती मंगला काली...
फाइल तस्बिर।
सुन्नुहोस्

देशको जर्जर आर्थिक अवस्थाबीच हामीमाझ महान् एवं उल्लासमय चाड बडादसैं भित्रिएको छ । मुलुकको अर्थतन्त्र संकुचनमा छ । व्यापार–व्यवसाय चौपट छन् । महँगी थामिन सक्नु छ ।  यातायात र हवाई भाडा चढिनसक्नु छ । अर्थतन्त्रको संकटसँगै कैयौं बेरोजगार भएका छन् । चाड भनेर के गर्नु, रोजगारीका लागि खाडी र मलेसिया उड्नेको ताँती विमानस्थलमा बढिरहेको छ । अर्थतन्त्रलाई राजनीतिले त्राण दिन सकिरहेको छैन । सरकारहरूका अदूरदर्शी नीतिका कारण दसकौंदेखि ओरालो लागेको अर्थतन्त्र उक्सिनै हम्मे पर्ने गरी थला परेको छ । यस्तो परिवेशमा दसैं आएको छ । 

यति खल्लो दसैं शायदै आउँछ । दसंै चाड मात्र होइन, महान् उत्सवसमेत हो । परिवार र नातागोतासँग रमाउने अनुपम अवसर हो । टाढा–टाढा रहेका परिवार र नातागोता भेला भएर यो पर्व मनाइन्छ । यसले सम्मान, मित्रता, भाइचारा अभिवृद्धि गर्छ । यसमा व्यक्ति–व्यक्ति र परिवार–परिवारको आर्थिक पक्ष जोडिएको हुन्छ । तर, अर्थतन्त्र नै खिइसकेको अवस्थामा जनमानसमा असन्तुष्टि र निराशा छ ।

तर, निराशालाई आशा र अपेक्षामा बदल्नु छ । माता दुर्गाले तमाम नेपालीजनलाई त्यो क्षमता प्रदान गरून्, हार्दिक शुभकामना । किनभने, पन्ध्र दिनसम्म मनाइने मुलुकको सबभन्दा ठूलो पर्व यही हो । यसलाई हामीले यथासक्य उल्लासपूर्ण बनाउनु नै छ । दसैंको उल्लेखनीय पक्ष भनेकै ठूलाबडाबाट आशीर्वाद थाप्ने हो । सत्यको विजय, राक्षसी शक्तिको पराजयको प्रतीक मानिने दसैं नेपालीको साझा चाड हो । यसमा प्रयोग गरिने मन्त्रले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्छन् । 

जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।

केही कालखण्डयता दसैंको सांस्कृतिक पक्षमा पनि कमजोर हँुदै गएको छ । देखासिखी, प्रदर्शनी, जुवा, तास, जाँड, रक्सी आदिको प्रयोगले यति महान् चाडमा प्रदूषण थप्दै लगेको छ । यसलाई भड्किलो र रवाफिलो बनाउँदै लगिएको पाइन्छ । जसका कारण धनी–गरिब, ठूला–सानाको खाडल देखा पर्छ । त्यो अवस्थालाई न्यूनीकरण गरी दसैंको मौलिक सांस्कृतिकतालाई बचाउनुपर्छ । यी सबै नराम्रा पक्षलाई राम्रामा, खराब अवस्थालाई असलमा र दुर्दिनलाई सुदिनमा बदल्न दुर्गा भगवतीले शासन, नीति निर्मातादेखि जनतासम्मलाई दक्षता प्रदान गरून् । देश उज्यालो दिनमा प्रदेश गरोस् । जनताको मुहारमा कान्ति छरियोस् । विजयादशमी २०८० को हार्दिक शुभकामना ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.