आफ्नै गाउँ फर्की आएँ...

आफ्नै गाउँ फर्की आएँ...
तस्बिरहरु : अभिशेक महर्जन ।

काठमाडौं : दसैं विधिवत् रूपमा भित्रिएको छ। काठमाडौं उपत्यकामा भीडभाड कम हुन थालेको छ भने उपत्यका छोड्नेहरूको भीडभाड बढ्न थालेको छ। नयाँ बसपार्क होस् या कलंकी, कोटेश्वर वा जडिबुटी पोकापन्तरा बोकर आफ्नो गाडीको पर्खाइमा बसेको देख्न सकिन्छ। अहिले दैनिक करिब डेढ लाख सार्वजनिक सवारीले देशभर सेवा दिइरहेको बताइन्छ। घटस्थापनादेखि अधिकांश विद्यालय, कलेज र संघ–संस्था बन्द हुने हुँदा त्यसपछि नै घर जाने यात्रुको घुइँचो लागेको हो। 

रोजगारी तथा उच्च शिक्षाका लागि उपत्यका आएकाहरू पनि दसैंका लागि बाहिरिँदै छन्। काठमाडौं उपत्यकामा स्थायी र बाह्य जिल्लाबाट आएका गरी करिब ६० लाख जनसंख्या बसोबास गर्ने सरकारी तथ्यांक छ। विगत वर्ष जस्तै यस वर्ष पनि सहज यातायातका लागि काम गरिरहेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले जानकारी दिए। गन्तव्य सहज र सर्वसुलभ यात्राका लागि यातायात व्यवसायी, यातायात व्यवसायी महासंघ, बसपार्कका व्यवस्थापक, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सबै निकायसँग विभागले समन्वय गरेर अघि बढेको रिजालले बताए। 

nullयातायात व्यवस्थापनका लागि स्थानीय तह र प्रदेश सरकारसँग पनि समन्वय गरेर काम गरेको बताए। घटस्थापनादेखि अहिलेसम्म यात्रुको परिचालन सहज भइरहेको छ भने राजमार्गमा पनि अवरोध नआएको बताए। नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्नेमा केही समस्या आएको र त्यसको समाधानका लागि विभागले काम अघि बढाएको रिजलाले जानकारी दिए। 

उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन्। उपत्यकाको कलंकी, स्वयम्भू, नयाँबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा, जगातीलगायतका मुख्य–मुख्य चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। घटस्थापनादेखि अहिलेसम्म ३ लाख बढीले उपत्यका छोडेको काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। घटस्थापनको दिन ५१ हजारले उपत्यका छोडेको अहिले १ लाख बढी बाहिरिन थालेका छन्। यो क्रम बढ्दै जाने बताइन्छ। भट्टकाअनुसार अघिल्लो वर्ष दसैंमा करिब १० लाखले उपत्यका छोडेका थिए भने यो वर्ष करिब १५ लाखसम्म यात्रु बाहिरिने अपेक्षा गरिएको छ। यो तथ्यांक सार्वजनिक सवारीसाधनसँगै निजी सवारीबाट बाहिरिनेको पनि हो। 

nullसार्वजनिक सवारीमा भीडभाडसँगै ट्राफिक व्यवस्थापन पनि भइरहेको भट्टले बताए। ठाउँ–ठाउँमा गाडीको गति, क्षमतामा मात्रै चलेका छन् छैनन्, चालकले मदिरा सेवन गरेको नगरेको हेरिने गरिएको उनले जानकारी दिए। सरकारले दसैंको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारीसाधनमा रुट परमिटसमेत खुला गरिसकेको छ। यसले र्साजनिक सवारीसाधन थप सहज हुने अपेक्षा गरिएको छ। 

नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार यात्रुको चाप बढेको ठाउँमा सवारी संख्या पनि थप गरिएको छ। कात्तिक १ गतेदेखि ५ गतेसम्म यात्रुको चाप र सवारीको चाप बढी नै हुने उनले बताए। हवाई भाडा महँगो भएकोले पनि सडक यातायातमा चाप परेको उनले बताए। पूर्वदेखि पश्चिमका सबै गाउँमा सडक सञ्जाल पुगेकाले पनि अहिले सडक यातायातमा यात्रुको भीड लागेको हो। अर्कोतर्फ पछिल्ला वर्षहरूमा सार्वजनिक यातायातले पनि सवारीको प्रकारदेखि सेवामा सुधार गरिएको पनि सिटौला बताउँछन्। सामान्यसँगै डिलक्स र सोफासिट भएकासम्मका सार्वजनिक सवारी भएकाले यात्रुको रोजाइमा परेको सिटौलाको भनाइ छ। 

नयाँ बसपार्कमा भीड

उपत्यका छोड्ने मुख्य बसपार्क बालाजुस्थित नयाँबसपार्कमा अहिले साँच्चिनै दसैं आएको छ। लामो तथा छोटो दूरीका सार्वजनिक सवारीमा भीड लागेको हो। १० वर्ष यत्ताकै सबैभन्दा बढी भीड भइरहेको बताइएको छ। अग्रिम बुकिङ गरेका र तत्तकाल टिकट काट्ने यात्रुको टिकट काउन्टरमा भीड लागिरहेको छ। नवमीसम्म यो भीड कम नहुने नयाँबसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले बताए। अग्रिम बुकिङ खुला गरिएको असोज २२ गतेदेखि कात्तिक २ गतेसम्म करिब १ लाख ७ हजारले अग्रिम टिकट काटेको उनले जानकारी दिए। यो नयाँबसपार्कबाट मात्र दसैं मान्नका लागि २ लाख २० हजार यात्रुले उपत्यका छोडेका छन्। 

nullहाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँबसपार्कबाट बाहिरिन थालेको बताए। दसैंअघि दैनिक करिब ३ सय सवारी नयाँ बसपार्कबाट छुट्ने गरेकोमा अहिले ४५ प्रतिशतले वृद्धि भई करिब ५ सय सार्वजनिक सवारी छुटिरहेका छन्। कात्तिक १ गते भने ५६० गाडी नयाँ बसपार्कबाट बाहिरिएकाले उनले बताए। नवमीसम्म दैनिक ५८० को अनुपात सवारी छुट्ने अनुमान कम्पनीको छ। 

सरकारले नयाँ बसपार्कमा टिकट काउण्टरलाई अनलाइन टिकेटिङमा लैजाने भनिए पनि सुरु हुन सकेको छैन। कम्पनीले अनलाइन टिकेटिङसम्बन्धी सफ्टवेयर तयारी अवस्थामा राखेको बताउँछ। सरकारसँग सहकार्य गरी चाँडै नै जाने भन्ने कम्पनीको भनाइ छ। अहिलेको भीडभाड देखेर यसमा सरकारले केही नयाँ नीति ल्याउँछ कि भन्ने अपेक्षा गरिएको मल्लले बताए। 

अरनिको यातायात आफ्नै बसपार्कबाट 

अरनिको यातायात हुँदै १३ जिल्लामा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी सञ्चालनमा छन्। काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलु, सल्लेरी, सिन्धुली लगायतका जिल्लामा यहाँबाट दसैंका लागि यात्रुहरू घर फर्किंदै छन्। कोटेश्वर, जडिबुटी तथा लोकन्थलीमा बाटो नै जाम हुने गरी लाइन लाग्ने यस रुटका गाडीहरू अहिले जडिबुटीस्थित आफ्नै बसपार्कबाट सञ्चालित छन्। यसले गर्दा भीडभाड अलि कम नै देखिन्छ। तर, यसपटक व्यवस्थित यात्राका लागि पूर्वअरनिको यातायात प्रालिले कटिबद्ध रहेका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए। 

गत वर्षभन्दा यात्रुको संख्यामा कमी भए पनि बसपार्क भएकाले यात्रुहरूले निकै सहजसँग यात्रा गर्न सक्ने उनी बताउँछन्। यस बसपार्कमा साना ठूला गरी झन्डै ८ सय सार्वजनिक सवारी छन्। अहिले दैनिक करिब ४ सवारीबाट करिब १५ हजारले उपत्यका छोडिरहेको उनले बताए। 

हवाई उडानमा पनि यात्रुको चाप 

बडादसैं मनाउन उपत्यका छोड्ने क्रम बढ्दो छ। हवाई सञ्जालको माध्यमबाट पनि उपत्यका छोड्ने घुइँचो देख्न सकिन्छ। उपत्यका छोड्नका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न ८ विमान कम्पनीहरूले नियमित उडान गर्दै आएका छन्। बुद्ध, यती, सौर्य, समिट, तारा, नेपाल एयरलाइन्स, श्री र सीता एयरले दैनिक करिब ३ सय उडान गर्दै आइरहेका छन्। 

दसैंमा १० देखि १५ प्रतिशतले आन्तरिक उडानमा यात्रु संख्या बढेकोे नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुल बताँछन्। दसैैंको बेलामा उडानको माग झन्डै दोब्बरले हुने गरेको उनले जानकारी दिए। त्रिभुवन विमानस्थलको क्षमताका कारण आन्तरिकतर्फ थप उडान दिन नसकिरहेको पनि भुलले बताए। प्राधिकरणका तथ्यांकअनुसार अहिले यी ८ कम्पनीहरूले साताको १४३६ नियमित उडान गर्दै आएका छन्। 

दैनिक आउने र जाने गरी आन्तरिकतर्फ करिब ३ सय उडान हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झा बताउँछन्। यस्तै दैनिक १२ हजार यात्रुको चाप आन्तरिकतर्फ रहेको पनि उनले बताए। विमान कम्पनीहरूले ट्रंक रुट(तराई) र स्टल रुट(पहाडी तथा हिमाली जिल्ला) मा उडान भर्दै आइरहेका छन्। पर्यटन मौसम भएकोले माउन्टेन उडानमा बढिरहेको बताइएको छ। चाडपर्व र पर्यटन मौसमका कारण यात्रुको संख्या बढेको विमानस्थलले जानकारी दिएको छ। दैनिक करिब १ हजार यात्रुको चाप बढिररहेको झाले जानकारी दिए। दसैंको नवमीसम्म काठमाडौं छोड्ने यात्रुको चाप बढ्ने बताइएको छ। यातायातको सहज सुविधा विस्तारित हुँदै जाँदा महँगो शुल्क तिरेर हवाई यात्रायात्रुको रोजाइमा कम पर्न थालेको झा बताउँछन्। टिकट नपाउने अवस्था नरहेको भन्दै उनले सुर्खेत, धनगढी लगायतका पहाडी जिल्लामा  भने केही चाप रहेको बताए। 

nullअहिले करिब ९० देखि ९५ प्रतिशत क्षमतामा जहाजहरू उडिरहेको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्मा बताउँछन्। स्टल रुटमा साना जहाज र नियमित कम उडान हुने भएकोले केही चाप भएको तर ट्रंक रुटमा अहिले पनि सिट पाउने जानकारी दिए।  दसैं नजिकिँदै गर्दा अब टिकट पाउने अवस्था नरहेको यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन्। उनका अनुसार काठमाडौं उपत्यका छोड्दा करिब ९५ प्रतिशतको अकुपेन्सी छ भने काठमाडौं भित्रिँदा भने करिब ३५ प्रतिशत मात्र यात्रु संख्या रहेको छ। दसैंको टीकाको भोलिपल्टदेखि भने काठमाडौं भित्रिने यात्रुको संख्या बढी हुने र उडान टिकट पाउन कठिनाइ हुन्छ। दिनमा करिब २५ सय यात्रुले यति एयरलाइन्सको सेवा लिने गरेका छन्। दसैंअघि करिब दैनिक १८ सयले सेवा लिने गरेको उनि बताउँछन्। ८ गन्तव्यमा दैनिक करिब ५० उडान तथा अवतरण हुने गरेको बर्तौला बताउँछन्।

आन्तरिक उडानमा मुख्य बजार हिस्सा रहेको बुद्ध एयरले दैनिक १५० उडान तथा अवतरण गर्दै आइरहेको छ। दसैंको समयमा दैनिक करिब ९ हजार यात्रुले सेवा लिइरहेको कम्पनीका प्रवक्ता दीपेन्द्र कर्ण बताउँछन्। उडान नै थप्ने गरी चाप भने नभएको उनले बताए। सुर्खेत र तुम्लिङटारमा दैनिक आधा दर्जनभन्दा बढी दैनिक उडान भइरहेको कर्ण बताउँछन्। काठमाडौं उपत्यका छोड्ने र भित्रिने गरी सरदर ९० प्रतिशत अकुपेन्सी उडान हुने गरेको कर्णले जानकारी दिए। नेपाली ध्वाजाबाहक नेपाल एयरलाइन्सले दसैंको समयमा तोकिएको नियमित उडान गरिरहेको प्रवक्ता रमेश पौडेल बताउँछन्। नेपाल एयरलाइन्सले १६ गन्तव्यमा साताको २५ उडान भइरहेको छ। प्रायः स्टल रुटमा उडान भर्ने नेपाल एयरलाइन्सले मागे अनुरूप टिकट उपलब्ध गराउन नसेकेको बताउँछ। 

nullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.