उद्योगीले खोजेजस्तो जनशक्ति तयार पार्न काठमाडौं विश्वविद्यालय तयार

उद्योगीले खोजेजस्तो जनशक्ति तयार पार्न काठमाडौं विश्वविद्यालय तयार
सुन्नुहोस्

पोखरा : दक्ष जनशक्तिको अभाव उद्योगी/व्यवसायीका साझा समस्या हुन्। पलायनको समस्या उस्तै पेचिलो छ। योग्यताका फाइल बोकेकाहरुको लर्को पनि उस्तै  छ! एकातिर विश्वविद्यालयबाट उत्पादित जनशक्ति उद्योग/प्रतिष्ठानमा नबिक्ने अर्कोतिर बेरोजगारी। समस्याको समाधान के होला ?  

काठमाडौं विश्वविद्यालयले उपाय खोजी गर्न थालेको छ। उसले उद्योगी/व्यवसायीहरुसँगको सहकार्यमा उनीहरुले चाहेजस्तो जनशक्ति तयार पार्ने कामको सुरुवात गरेको छ। त्यही सन्दर्भमा शुक्रबार काठमाडौं विश्वविद्यालयले इनरजाइज नेपाल परियोजना, हाइड्रो ल्याब परियोजनासँग सम्बन्धित विज्ञसहित पोखराका उद्योगी/व्यवसायीसँग छलफल गरेको छ।
 

पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा सम्पन्न अन्तरक्रिया वर्तमान अवस्थामा उद्योगीहरुले भोग्नुपरेका समस्या र समाधानका लागि विश्वविद्यालय र नेपाल सरकारसँग सहकार्य विषयसँग सम्बन्धित थियो।

कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयअन्तर्गतको स्कूल अफ इञ्जिनियरिङका डीन प्रा.डा. मनीष पोखरेलले विश्वविद्यालय हातमा मैलो लाग्छ कि भन्ने  हैन कि साँच्चै कार्यक्षेत्रमा खटिने इन्जिनियर र त्यस्तै जनशक्ति उत्पादनको दिशामा अगाडि बढेको बताए। निजी क्षेत्रको आवश्यकता अनुसारको जनशक्ति उत्पादनले मात्र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने तथा रोजगारी बढाउने भएकाले विश्वविद्यालयले यो अवधारणा अगाडि सारेको उनको भनाइ थियो।
 
‘हामी तपाईंले चाहेजस्तो जनशक्ति उत्पादन गर्न चाहन्छौँ, त्यस्तो जनशक्तिलाई पढ्दापढ्दै जागिर दिने अवस्था सिर्जना हुनुप¥यो भन्ने पनि छ,’ उनले भने,‘नीतिगत रुपले यस्ता विषयमा पैरवी गर्ने पनि हाम्रो उद्देश्य हो।’ काठमाडौं विश्वविद्यालयले हालै हरित उर्जाको रुपमा हाइड्रोजन ग्यासको सफल उत्पादन र परीक्षण गरेको प्रसंग झिक्दै उनले उद्योग क्षेत्रमा त्यसको उपयोगिता बढाउनुपर्ने  आवश्यकता पनि औंल्याए।

विश्वविद्यालयका अर्का प्रा.डा. भूपेन्द्रविमल क्षेत्रीले अब उद्योग क्षेत्रमा अनुसन्धानमुलक जनशक्तिको आवश्यकता औंल्याउँदै निजी क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति उत्पादन नै यो परियोजनाको लक्ष्य भएको बताए।
 
विश्वविद्यालयका प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामाले हाइड्रोजनको उपभोग बढाउँदै निर्माणलगायतका क्षेत्रमा यसको प्रयोग हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। यो अभियानमा पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने उनको भनाइ थियो।
 
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले नेपालको निजी क्षेत्र प्राज्ञिक अनुसन्धानमा सघाउन तथा सहकार्य गर्न तयार रहेको बताए। हरित उर्जाको खपत बढाउन आवश्यक पर्ने नीतिगत पैरवी गर्ने प्रतिवद्धता पनि उनको थियो।

कार्यक्रममा बोल्ने निजी क्षेत्रका प्रतिनिधिहरुले दक्ष जनशक्तिलाई देशमै रोक्न नसकिएको, पढेर आएका व्यक्तिलाई काममा लगाउँदा धुलो–मैलोमा लुट्पुटिन नै नचाहेको, हरित उर्जा उपयोगलाई कसरी औद्योगिक क्षेत्रमा प्रयोगमा ल्याउने भन्नेबारे नीतिगत अस्पष्टता रहेकोलगायत समस्याहरु सुनाएका थिए। उद्योग/व्यवसायलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन भए उनीहरुलाई पढ्दापढ्दै जागिर दिन सकिने पनि उनीहरुको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.