कार दुर्घटनामा चालकको मृत्यु

कार दुर्घटनामा चालकको मृत्यु
सांकेतिक तस्बिर
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिका–२ पिपल चोकमा शनिबार बिहान कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बरगाछीबाट कञ्चनबारीतर्फ जाँदै गरेको को २ च ३०३१ नम्बरको कार आफैं अनियन्त्रित भइ सडकबीचको डिभाइडरमा ठोक्किएर बिहान २:४५ बजेतिर दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा परेर कार चालक विराटनगर–५ का ३८ वर्षीय राजेन्द्रप्रसाद यादवको मृत्यु भएको छ। गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो। उपचारका क्रममा बिहान ६:३० बजेतिर मृत्यु भएको डीएसपी बस्नेतले बताए। तीव्र गतिका कारण कार दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ। कारभित्र चालक मात्रै रहेको खुलेको छ। 

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.