खै पिङमा मच्चिनेहरू ?

खै पिङमा मच्चिनेहरू ?
पिङ खेल्दै भोजपुर नगरपालिका टक्सारका स्थानीय । तस्बिर : प्रदीपचन्द्र राई ।
सुन्नुहोस्

भोजपुर : पहिले बाँसको लिंगो गाडेर बाँबियोको डोरीले पिङ लगाएपछि गाउँघरमा दसैं–तिहार भित्रिएको संकेत गथ्र्यो। पर्व बिदामा गाउँ फर्कने परदेशी, आफन्त, इष्टमित्रलाई पिङमा नमच्ची दसैं आएको महसुस हुन्न थियो। भनाइ नै छ, ‘दसैंमा भुइँ छाड्नुपर्छ।’ तर, अहिले अवस्था त्यो देख्दिैन। पिङमा भन्दा मोबाइलमा खेल खेल्ने क्रम बढेको छ। जस कारण गाउँ सुनसान जस्दै बन्न थालेको छ। 

रमाइलो जमघट गराउने पिङ नै एउटा विकल्प बन्थ्यो, केही वर्ष अघिसम्म। तर, हिजोआज यो सुस्ताउँदै गएको स्थानीय बताउँछन्। आधुनिक डिजिटल प्रविधिप्रति गहिरो लगाव र विदेशी संस्कृतिको बढ्दो मोहले गाउँघरका पिङ संस्कृति हराउँदै गएका छन्। दसैं–तिहारसँगै जोडिएर आउने गाउँघरको पहिचान पिङलाई लिंगेपिङ, काठे रोटेपिङ जस्ता नामले चिनिन्छ। 

नयाँपुस्तामा विदेशी संस्कृती भित्रीएसँगै विलासी वस्तुको लगावले पिङको रौनकता सेलाउँदै गएको अरुण गाउँपालिका चरम्बिकी संगीता कुमाल बताउँछिन्। ‘दुईचार वर्ष अघिसम्म दसैं–तिहार आउनेबित्तिकै लिंगेपिङ हालिन्थ्यो, खेलिन्थ्यो, रमाइलो गरिन्थ्यो तर मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल आएपछि पिङको मोह घटेको छ’, उनले भनिन्, ‘हिजोआज गाउँघरमा पिङ लगाउन कसैको खासै चासो पनि छैन, अब त चाडबाड पनि खल्लो हुन थालेको छ।’

पछिल्लो पुस्तामा हातहातमा मोबाइल, गाउँगाउँमा इन्टरनेटको पहुँच र बढ्दो सामाजिक सञ्जालको मोहले पिङ संस्कृति लोप हुँदै गएको जानकारहरूको बुझाइ छ। फेसबुक, भाइबर, ट्विटर, इमोजस्ता धेरै सामाजिक सञ्जालको माध्यमबाट देशविदेशमा रहने आफन्तजनसँग दसैं–तिहारको शुभकामना सजिलै आदानप्रदान हुन्छ। जसका कारण पछिल्लो पिँढीमा पिङ संस्कारप्रतिको चासो घट्न थालेको स्थानीय संग्राम किरातीको ठहर छ। 

मौलिक पहिचान बोक्ने संस्कृतिको जगेर्ना गर्नुपर्ने चासो नहुनाले पनि विदेशी संस्कृति मौलाउँदै गएको टेम्केमैयुङ गाउँपालिका छिनामखुका राजन राईको बुझाइ छ। उनले भने, ‘ दसैं–तिहारसँगै जोडिने अर्को नाम पिङ पनि हो, नयाँ प्रविधिको सहि प्रयोगसँगै हाम्रा संस्कृति र पहिचानलाई पनि सँगै लानुपर्छ, पुर्खाहरूदेखि सुरु भएको हाम्रो मौलिकतालाई जगेर्ना गरिएन भने भोली हाम्रो पहिचान पनि नबिलाउला भन्न सकिन्न।’

प्रविधिले फड्को मारेसँगै पछिल्लो समय पिङ हाल्ने संस्कृति क्रमिक रूपमा हराउँदै गएको छ। सहरबजारभन्दा विशेषगरी ग्रामीण समुदायको संस्कृतिसँग जोडिने पिङ संस्कृतिको महत्वलाई नयाँ पिँढीले नै जोगाउनुपर्नेमा भोजपुुर नगरपालिका–५, बोखिमका स्थानीय कुमार साम्पाङ राई जोड दिन्छन्। ‘सधैं नयाँ प्रविधि नयाँ विकास भनेर मात्रै हुँदैन, संस्कृति पनि महत्वपूर्ण पाटो हो, नयाँपुस्ताले नै चासो दिएनन् भने भावी पिँढीले झन् के सिक्लान्’, उनले थपे। प्रविधिको विकाससँगै दूरदराजका ग्रामीण समुदायमा प्रविधिकै कारण अघिल्लो पुस्ताले अवलम्बन गर्दै आएका संस्कार, संस्कृति पछिल्लापुस्ताले वेवास्ता गर्नाले धेरैजसो मौलिक संस्कृतिहरू धराशायी तथा केही लोपसमेत भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.