आँखा शल्यक्रियाका लागि भवन निर्माण सुरु
नुवाकोट : नुवाकोटको विदुरमा आँखा केन्द्रको शल्यक्रिया भवनको निर्माण सुरु भएको छ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोट र तिलगंगा आँखा प्रतिष्ठानद्वारा सञ्चालित सामुदायिक आँखा केन्द्रको शल्यक्रिया भवनको शिलान्याससँगै निर्माण कार्य सुरु गरिएको हो।
निर्माणाधीन भवनको आगामी १३ महिनामा निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ। भवनको लागत कुल दुई करोड २६ लाख रुपैयाँ रहेको नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए।
उनका अनुसार केन्द्रले स्थापनादेखि हालसम्म तीन लाख ५० हजार आँखाका बिरामीलाई उपचार सेवा प्रदान गरेको छ।