मोरङमा भारतीय स्कोरपिओभित्र भेटियो पेस्तोल, एक जना पक्राउ
विराटनगर : मोरङको धनपालथान गाउँपालिका-२ पैठामा पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडीभित्र पेस्तोल फेला परेको छ ।
बीआर ०६ पीए १३६३ नम्बरको स्कोरपिओको ड्यासबोर्डभित्र कालो कपडाले बेरेर राखेको अवस्थामा शुक्रबार राती कटुवा पेस्तोल भेटिएको हो ।
नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले पेस्तोल र ३ राउण्ड गोलीसहित सर्लाहीको हरिपूर्वा नगरपालिका-७ का २७ वर्षीय रवीन्द्रकुमार यादवलाई पक्राउ गरेको छ।
पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । पेस्तोर र गोली कहाँबाट ल्याएको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।