पूर्वराजा ज्ञानेन्द्रबाट टीका लगाउन सर्वसाधारणको भीड

सर्वसाधारणलाई टीका लगाइदिएपछि पूर्वराजा ज्ञानेन्द्रले भने- छिनछिनमा भुइँचालो आइराखेको छ, विचार गरौं

सर्वसाधारणलाई टीका लगाइदिएपछि पूर्वराजा ज्ञानेन्द्रले भने- छिनछिनमा भुइँचालो आइराखेको छ, विचार गरौं
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई बडादसैंको अवसरमा टीका लगाइदिएका छन्। महराजगन्जस्थित निर्मल निवासमा पूर्वाराजा शाहले टीका लगाइदिएका हुन्।

मंगलबार दिउँसो ४ बजेदेखि निर्मल निवासमा सयौं शुभेच्छुकहरूको भीड लागेको थियो। पूर्वराजा शाहबाट टीका ग्रहण गर्न नेताहरूसमेत निर्मल निवास पुगेका थिए।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सपरिवारसहित पूर्व राजा शाहबाट टीका ग्रहण गरेका थिए। उनले राजसंस्थाप्रतिको निष्ठा तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने परम्पराको निर्वाह गर्दै पूर्वराजा ज्ञानेन्द्रको हातबाट टीका ग्रहण गरेको बताए। 'खुसी र गौरवको अनुभूति भयो। राजा तथा राजपरिवारमा हार्दिक मंगलमय शुभकामना,' उनले भने।

त्यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अर्को वर्ष नारायणहिटी दरवारमा टीका लगाउन पाइयोस् भन्दै सरकारसँग माग गरेका छन्। आफूले तीन घन्टा लाइन बसेर टीका लगाएको भन्दै उनले निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको भीड थामिनसक्नु रहेको बताए।

'तीन घण्टा लाइनमा बसेर टीका लगाउँदा मैले भनें, 'सरकार! अर्को दसैंमा नारायणहिटी दरवारमा टीका लगाउन पाइयोस्,' उनले भने, 'बाहिर आएर समाचार हेर्दा थाहा पाएँ, निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेछ। शीतल निवासमा पार्टी आबद्ध र उच्चपदस्थको पातलो उपस्थिति रहेछ। फरक यही हो। राजा र राष्ट्रपतिबीच।'

त्यस्तै पूर्वराजा शाहले विगतबाट आफूहरूले सिक्नुपर्ने बताए। दसैंको शुभकामना दिँदै उनले नेपाली राजनीतिप्रति व्यंग्य गर्दै छिनछिनमा भूइँचालो आइराखेको भन्दै विचार गर्न आग्रह गरे। 'सबै दिदी बहिनी तथा दाजुभाइलाई दसैंको शुभकामना व्यक्ति गर्न चाहन्छु। अहिले धेरै भन्न नहुने रहेछ। हामीले पास्टबाट सिक्नुपर्ने छ। छिनछिनमा भुइँचालो पनि आइराखेको छ। विचार गरौं,' उनले भने।  

nullnullnullnullnullnullnullnullnullnullnullnullnull  

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.