इन्डोनेसियाको पश्चिमी जाभामा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु
जाकार्ता : इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको सिआनजुरमा मंगलबार बिहान बस ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार दिउँसो साढे २ बजे पुनककको रिसोर्ट र पर्यटन क्षेत्रतर्फ जाने राजमार्गमा सो बस दुर्घटना भएको हो।
सियानजुर ट्राफिक प्रहरी प्रमुख अधि प्रसाद्यले स्थानीय सञ्चारमाध्यमलाई बोगोर शहरबाट सियानजुर जाँदै गरेको सो बसमा २४ जना किशोरी सवार रहेको बताएका छन्।
दुर्घटनामा १६ जना अहिले घाइते भएका छन्। घाइतेको नजिकैका अस्पतालमा उपचार भइरहेको छ।