भैंसीसँग मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

भैंसीसँग मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
सुन्नुहोस्

वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिका-४ हरपुर टोलमा सडकमा छाडा छोडिएको भैंसीसँग मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साकै जिराभवानी गाउँपालिका-५ का धनेस महतो रहेका छन्। हरपुर टोलमा मंगलबार महतो र उनकी पत्नी संगीता देवी सवार बीआर ३० वाई ६०३० नम्बरको भारतीय मोटरसाइकल सडकमा छाडा छोडिएको भैंसीसँग ठोकिँदा दुवै जना गम्भीर घाइते भएका थिए।

घाइते दुवैजनालाई स्थानीयले उद्धार गरी वीरगन्जको नारायणी अस्पतालमा ल्याएर भर्ना गरेका थिए। त्यहाँबाट महतोलाई बाराको नौतनस्थित एसएल न्युरो अस्पतालमा रिफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.