इजरायल- हमासबीच युद्ध : गाजामा अल-जजिराका पत्रकारको परिवार मारियो

इजरायल- हमासबीच युद्ध : गाजामा अल-जजिराका पत्रकारको परिवार मारियो
तस्बिर : एजेन्सी
सुन्नुहोस्

एजे‍न्सी : इजरायल -हमासबीच आक्रमणमा परी अल- जजिरा मिडिया नेटवर्कका संवाददाताको श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ।  इजरायली हवाई आक्रमणबाट गाजा संवाददाता वेल अल-दहदौको श्रीमती र छोराछोरी मारिएको अल-जजिराले जनाएको छ।

उनीहरू उत्तरी गाजाबाट भागेर शरणार्थी शिविरमा बस्दै आएका थिए। यस घटनाबारे भने इजरायली सेनाले केही बोलेको छैन।

अल-जजिराले प्रत्यक्ष टीभीमा संवाददाता वेल अल - दहदौलाई श्रीमती,छोरा र छोरीको शव समातेको देखाएको थियो। अल-जजिराका अनुसार संवाददाताको परिवार गाजाको नुसिरत शरणार्थी शिविरमा बस्दै आएका थिए। सोही क्रममा इजरायली हवाई आक्रमणबाट  उनीहरू मारिएका हुन्।

इजरायलको चेतावनी पछि वेल अल दहदौले आफ्नो परिवारसहित उत्तर गाजा छोडेर दक्षिणी गाजा गएको अल-जजिराले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.