दोलखाको सिगटीमा हाइर्डोशिल र हर्नियाको निःशुल्क शल्यक्रिया
दोलखा : उत्तरी क्षेत्र विगु गाउँपालिकाको सिगटीमा रहेको रोल्वालिङ्ग समुदायिक अस्पतालले पहिलो पटक हाइर्डोशिल र हर्नियाको शल्यक्रिया सुरु गरेको छ।
असोज २३ गतेदेखि कात्तिक १५ गतेसम्म हाइर्डोशिल र हर्नियाको निःशुल्क अपरेशन गरिने भएको हो। शनिबार ओपिडी टिकट निशुल्क र विरामीलाई खानाको व्यवस्थासमेत गरिने भएको छ। विरामीलाई नर्सिङ चार्ज र बेड चार्ज पनि निशुल्क गरिएको अपतालले जनाएको छ।
विशेष छुटमा हाडजोर्नीसम्बन्धी सम्पूर्ण अपरेशन, जनरल सर्जरी, स्त्रीरो सम्बन्धी माइनर मेजर अपरेशनको सुविधा पनि रहेको अस्पतालका सञ्चालक सुब्बा खड्काले बताए।