भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ

भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं :  २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका भारतीय नागरिकको लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित किङ्स अकबरे मम: रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

उनीहरूलाई ग्रिन टि सस्तोमा मिलाईदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा सोही महानगरपालिका-१६ माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्‍याई कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपैयाँ ट्रान्सफर गरी लुटपाट गरेको आरोप छ।

लुटपाट गरेको जानकारी पाएलगत्तै प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बालाजु चोकबाट बा.८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रूपैयाँ, मोवाईल ४ थान र एनटिसी तथा एनसिएलको  १२ थान सिमकार्डसहित पक्राउ गरेको हो।

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.