माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको बेलबारीमा माटोको ढिस्कोले पुरिएर आइतबार साँझ एक जनाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर बेलबारी नगरपालिका–१० सुनीता राजवंशीको मृत्यु भएको हो । प्रहरीका अनुसार बेलबारी–८ स्थित भलुवाईमा बाँसको झ्याङमुनि माटो खन्ने क्रममा अचानक ढिस्को खसेर उनलाई पुरेको थियो । 

ढिस्कोले पुरेपछि सँगै माटो खन्न गएकी स्थानीय गीता राजवंशीले उनको उद्धार गरेकी थिइन् । गम्भीर घाइते अवस्थामा उपचारका लागि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो। उनलाई साँझ ५ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.