कोइला अभावले हेटौंडा सिमेन्टको उत्पादन फेरि बन्द

कोइला अभावले हेटौंडा सिमेन्टको उत्पादन फेरि बन्द
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौंडा :  वर्षौंदेखि घाटा व्यहोर्दै आएको हेटौंडा सिमेन्ट उद्योगले आजबाट उत्पादन पुनः बन्द गरेको छ । आर्थिक संकटका कारण कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले जानकारी दिए ।

उद्योगलाई मासिक ३ हजार ६ सय मेट्रिक टन गुणस्तरीय कोइला आवश्यक पर्ने भएतापति आर्थिक संकटका कारण बाह्य मुलुकबाट पर्याप्त कोइला खरिद गर्न नसकिएका कारण पटक–पटक उत्पादन बन्द गर्नुपरेको महाप्रबन्धक पाण्डेले बताए ।

उनले उद्योगको अवस्थाबारे संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री तथा सचिवसमेतलाई जानकारी गराइएको बताए । उनले संघीय सरकारको तर्फबाट आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सहज हुने जानकारी दिए । 

४ दशक पुरानो उद्योगमा मेसिनहरु जीर्ण हुँदै गएकोले साविक बमोजिम उत्पादन गर्न कठिनाई भएको र अर्कोतर्फ उत्पादिन सिमेन्टहरु सबै सहरहरुमा विक्री वितरण घट्न गएकोले उद्योग आर्थिक संकटमा परेको महाप्रबन्धक पाण्डेको भनाइ छ । 

विक्रम संवत् २०३३ सालमा १ अर्ब लगानीमा स्थापना गरेको सो उद्योगले २०४३ साल मंसिर २६ गतेबाट व्यवसायिक रुपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो । हाल उद्योगमा ३९० जना कार्यरत छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.