स्याङ्जामा राष्ट्रिय क्रसकन्ट्री दौड हुँदै

स्याङ्जामा राष्ट्रिय क्रसकन्ट्री दौड हुँदै
फाइल तस्बिर
सुन्नुहोस्

स्याङ्जा : पुतलीबजार नगरपालिका-९ कोल्माको बराहचौरमा पुस ७ गते चौथो संस्करणको क्रसकन्टी दौड प्रतियोगिता गरिने भएको छ। सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको हो। 

दौडअन्तर्गत खुल्लातर्फ २५ र १० तथा महिलाका लागि ५ किलोमिटरमा दौड प्रतियोगिता राखिएको मञ्चका महासचिव जीवनप्रसाद पोख्रेलले जानकारी दिए। 

उनका अनुसार जुनसुकै उमेर र खुल्लातर्फ २५ किलोमिटर छ। २१ वर्षमुनिका लागि खुल्लातर्फ १० किलोमिटर राखिएको छ। महिलाका लागि ५ किलोमिटर गरी ३ विधाका दौड प्रतियोगिता हुने भएको छ। 

कोल्मा बराहचौरदेखि सुरु गरिने दौड प्रतियोगिता काउँले-बहाकोट-राङभाङ डाँडा स्वारा-नाम्चे -काल्खु-राईपुर-ओरष्टे भन्ज्याङ् हुँदै पुनः कोल्मासम्मको लागि रुट तय गरिएको छ। दौड प्रतियोगिताले स्याङ्जा र तनहुँलाई जोडेको छ। 

२५ किलोमिटरतर्फ प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ४० हजार, तृतीय हुनेले ३० हजारसहित ट्रफी र मेडल पाउनेछन्।  १० किलोमिटरतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी र मेडल पाउनेछन्। 

महिलातर्फको ५ किलोमिटरतर्फ प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगद पाउने पूर्व महासचिव मन थापाले जानकारी दिए। 

प्रतियोगिता २०७५ बाट सुरु भएको हो। कोरोनाका कारण २०७७ र २०७८ मा प्रतियोगिता स्थगित भएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.