राष्ट्रसंघका महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री लुम्बिनीमा
बुटवल : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी पुगेका छन्। उनी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगेका हुन् ।
गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प गएका थिए। गुटरेस त्यहाँबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ ।
गुटेरेसको स्वागतका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी लगायतका विशिष्ट व्यक्तित्वहरु हिजो नै लुम्बिनीमा आइसकेका छन् ।
गुटेरेसले मायादेवी मन्दिर दर्शन गर्नेछन् । उनले मन्दिर परिसरमै मन्तव्यसमेत व्यक्त गर्नेछन् । उनले डेढ घण्टा लुम्बिनीमा बिताउनेछन् ।
गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन्।
प्रतिक्रिया दिनुहोस !
५