इजरायल र हमास युद्ध, ३१ पत्रकारको मृत्यु

इजरायल र हमास युद्ध, ३१ पत्रकारको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले हालसम्म २६ प्यालेस्टाइनी, चार इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ ।

इजरायल र हमास द्वन्द्वमा हालसम्म ३१ पत्रकारको मृत्यु भइसकेको छ ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले हालसम्म २६ प्यालेस्टाइनी, चार इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ ।

संगठनले एक विज्ञप्तिमा भन्यो, ' विशेष गरी गाजामा पत्रकारहरुले धेरै जोखिमको सामना गर्दैछन्। उनीहरू इजरायली बम विष्फोट र अन्य हमलाको सिकार भइरहेका छन्।'

पछिल्लो समय प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाहको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सले लेबनान सीमामा इजरायलबाट गोली चलाउँदा पत्रकारको मृत्यु भएको दाबी गरेको थियो।

इजरायली सेनाले यो दाबीबारे अनुसन्धान गरिरहेको बताएको छ । आइडीएफले रोयटर्स र एफपी समाचार एजेन्सीहरूलाई गाजामा काम गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.