स्याङ्जामा श्रीमान श्रीमती मृत भेटिए

स्याङ्जामा श्रीमान श्रीमती मृत भेटिए
सांकेतिक तस्बिर।
सुन्नुहोस्

स्याङ्जा : चापाकोट नगरपालिकामा ७ खासा स्थित एक घरमा मंगलबार बिहान श्रीमती घरभित्र र श्रीमान घरबाहिर मृत अवस्थामा भेटिएका छन्। 

प्रहरी निरीक्षक पहलसिंह लामाका अनुसार, ‘धारिलो हतियार वञ्चरो प्रहार गरी हत्या गरिएको अवस्थामा अन्दाजी ४५ वर्षीया पार्वती विक आफ्नै घरको कोठामा मृत भेटिइन्। यसै गरी ४८ वर्षीय उनका पति देवबहादुर विक घर नजिकको रामसिंगेको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए।’ 

मृतक पति पत्निका ३ छोरा र २ छोरी छन्। २ छोरा विदेश, एक छोरा काठमाडौं, एक छोरीको विहे भएर घरमा छिन्। उनीसँगै रहेकी १४ वर्षीया एक छोरी अर्को कोठामा सुतिरहेको र त्यस्तो घटना घट्दासमेत थाहा नपाएको उनले बताएकी प्रहरी निरीक्षक लामाले जानकारी दिए। 

पति पत्नीबीचको आपसी झगडाका कारण घटना घटेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानको अनुमान रहेको बताइएको छ। मंगलबार बिहान खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.