आइसिसी टि - २० विश्वकप एसिया फाइनल छनोट खेल

मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं : नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि - २० विश्वकप एसिया फाइनल छनोट खेलमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। मलेसियाका कप्तान फायज अहमदले टस जितेपछि नेपाललाई बलिङ गर्ने निम्तो दिएका हुन्। 

नेपालको प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन्। दीपेन्द्रसिंह ऐरी घाइते भएपछि यादवले स्थान पाएका हुन्।

कप्तान पौडेलले पावर प्लेमा थप राम्रो प्रदर्शन गर्ने दाबी गरे। ऐरीको बारेमा शुभ समाचार नभएको भन्दै उनले अर्को एमआरआई गरेपश्चात मात्र तत्काल टीममा फर्कने नफर्कने टुंगो लाग्ने बताए।

यता मलेसियाले आज दुई जना खेलाडि परिवर्तन गरेको छ। कप्तान अहमदका अनुसार आजको म्याचमा अहमदसँगै विरनदीप सिंह, सायद अजिज, विजय उन्नी, मुहमद अमिर, आइनोस हफिज, पवनदीप सिंह, जुबैदी जुलफिक्री, स्याजरुल इद्रुस, सार्भिन मुनियान्डी र फित्री साम खेल्नेछन् ।

उपाधिको प्रमुख दाबेदार नेपालले सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। प्रतियोगिताको सुखद सुरुवात गरेको घरेलु टोली नेपालले लगातार दोस्रो जित निकाल्ने दाउमा छ। मलेसियालाई हराउँदा नेपालको सेमिफाइनल यात्रा पक्का हुनेछ।

सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेलको अर्धशतकीय पालीको सहयोगमा १६.३ ओभरमा दुई विकेट गुमाएर जित निकालेको हो। पहिलो खेलमा आक्रामक ब्याटिङ गरेका भुर्तेलले ७४ रन बनाएका थिए। 

नेपालले बिहीबार ओमानसँग खेल्नेछ। कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्।

फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.