लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि

लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि
सुन्नुहोस्

तानसेन : पाल्पामा बिहीबारदेखि दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ।

नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना तानसेनको टुडिखेल मैदानमा दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो  प्रतियोगिता हुन लागेको हो। 

लुम्बिनी प्रदेशका १२ जिल्ला, तीन विभागीय टोली र आयोजक टोली गरी ६४ जना खेलाडीले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने भएका छन्। प्रतियोगितामा महिलातर्फ ४६ केजीदेखि ५२ केजीसम्म र पुरुषमा ४९ केजीदेखि ५५ केजी तौल भएका खेलाडीहरू बीच एकल स्पारिङमा प्रतिष्पर्धा हुने छ।  

तेक्वान्दो खेलाडी रिता र अनिलको सम्झनामा बिहीबार र शुक्रबार प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ। नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाले गरे‍को पत्रकार भेटघाट कार्यक्रममा तेक्वान्दो महासंघ पाल्पा अध्यक्ष निरबहादुर सारुले प्रत्येक जिल्ला बाट पुरुष दुई र महिला दुई गरी ४ जनाको दरले प्रतियोगितामा खेलाडीहरूको सहभागिता रहने  बताए। 

प्रथम पुरस्कार विजेता पुरुष र महिलाले ३०/३० हजार नगद, प्रमाण गोल्ड मेडल पुरस्कार पाउने छन्। द्वितीय हुनेले २०/२० हजार नगद, प्रमाण र रजत पदक पाउने छन्। यसैगरी तेस्रो हुनेले १०/१० हजार नगद, प्रमाण र कास्य पदक पुरस्कार पाउने अध्यक्ष सारुले जानकारी दिए। 

प्रतियोगिता सञ्चालनका लागि करिब साढे ८ लाख रुपैयाँ खर्च लाग्ने र सो व्यवस्थापनका लागि पालिका पालिकाबाट सहयोग जुटाइने आईटिएफका पूर्व खेलाडी एव पाल्पाका सल्लाहकार देव पचभैयाले बताए। 

पाल्पाका आईटिएफ खेलाडीहरूले अन्तरराष्ट्रिय प्रतियोगितामा गोल्डमेडल जितेका थुप्रै खेलाडी रहेको पाल्पाका पालिकाहरूले आवश्यकता अनुसार सहयोग गर्ने विश्वास आईटिएफ पाल्पाले गरेको पचभैयाले बताए। पाल्पामा १४ वटा डोजाङबाट नियमित रूपमा आईटिएफका खेलहरू सञ्चालन हुँदै आएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.