भत्ता बुझेको भोलिपल्टै वृद्ध महिलाको शव फेला
सन्धिखर्क : अर्घाखाँचीको मालारानी गाउँपालिकामा एक वृद्ध महिलाको शंकास्पद अवस्थामा शव फेला परेको छ।
मालारानी गाउँपालिका-९ गोखुङ्गाकी ७२ वर्षीय हरिकला भुसालको मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतितसिंह राठोरले बताए।
घरमै उनको शव फेला परेको र मृत्यु शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
हरिकलाले हिजोमात्र सामाजिक सुरक्षा भत्ता बुझेकी थिइन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।