संक्रमणकालीन न्याय टुंग्याउन तीन दलबीच समझदारी बनेको छ : प्रधानमन्त्री दाहाल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायका सम्बन्धमा दलहरूबीच समझदारी बनेको बताएका छन्।
बुधबार एमालेको चियापान कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलमा संक्रमणकालीन न्यायका सम्बन्धमा समझदारी बनेको भन्दै शान्ति प्रक्रियाको बाँकी काम छिटै टुंगिने बताए।
उनले पीडितहरूलाई न्याय, सर्वोच्च अदालतको व्याख्या र अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई आत्मसाथ गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने जिकिर गरे। उनले दलहरूलाई सदैव एक ठाँउमा ल्याउन आफूले सदैव पहल गरेको र बुधबार बिहान भएको छलफल सकारात्मक भएको बताए।