चर्च ब्वाइजको विजयी सुरुवात

चर्च ब्वाइजको विजयी सुरुवात
सुन्नुहोस्

नेपालगन्ज : बाँकेको कोहलपुरमा बुधबारदेखि मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार प्रतियोगिताको उद्घाटन गरेका हुन्। उनले कोहलपुर गोल्डकपलाई प्रदेशको नियमित कार्यक्रममा समावेश गरिने बताए। कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रसाद भट्टराईलगायतले कोहलपुर गोल्डकपलाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। 

कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौंले आयोजक कोहलपुर रेसिङ सहारा क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो। निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयभित्र गोल हुन नसकेपछि टाइब्रेकरमा आयोजकलाई स्तब्ध पार्दै चर्च ब्वाइजले विजयी सुरुवात गरेको हो। चर्च ब्वाइज क्लबका गोलरक्षक अभिषेक चौधरी म्यान अफ द म्याच घोषित भए। उनले पाँच हजार रुपैयाँ नगद पुरस्कार पाए। बिहीबार गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल र सुदरपश्चिम–११ बीच प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगिता संयोजक रामबहादुर मल्लका अनुसार अफ्रिकन देश क्यामरुनको एभिनियर एफसीसहित नेपालको त्रिभुवन आर्मी फुटबल, चर्च ब्वाइज युनाइटेड, गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल, सुदूरपश्चिम–११, कोहलपुर रेसिङ सहारा क्लब कोहलपुर, बीएफसी चितवन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख र दोस्रोले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.