दलहरूको नियतले शान्ति प्रक्रिया टुंगिएन : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको व्यवस्था दलहरूको व्यवहारका कारण खतरामा रहको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै लामिछानेले ठूला दलहरूले संविधान, व्यवस्था र प्रणाली जोगाउन भन्दा पनि आफ्ना मान्छेहरू जोगाउन खोज्दा अहिलेको व्यवस्था खतरामा परेको बताएका छन्।
उनले दलहरूले सदन समेत स्वार्थका आधारमा चलाउन खोजेको आरोप लगाए। सरकार बनाउन हिजो दुश्मन भनिएका दलहरू बिनासर्त एक ठाउँमा उभिएको देखिएको भन्दै लामिछानेले शान्ति प्रक्रियामा विषयमा भने एक ठाउ उभिन नसकेको जिकिर गरे।
उनले शान्ति प्रक्रियालाई दलहरूको नियतले रोकेको भन्दै पीडितको पक्षमा रहेका शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन रास्वपाले सहयोग गर्ने बताए। उनले सदनमा मन्त्रीदेखि प्रधानमन्त्रीलाई प्रश्न सोध्दा जवाफ आउन नसकेको अवस्थामा जनताको आवाज सुन्नसक्ने अवस्था नै नदेखिएको बताए। सदनको दोस्रो अधिवेशनमा ६ करोड १० लाख खर्च हुँदा एउटाभन्दा बढी कानुन पास गर्न नसकेको उनले बताए।
लामिछानले ठूला भनेका दलको सिण्डिकेट संसद्मा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न नसकेको गुनासो गरे। सदनलाई आरोप प्रत्यारोपको थलो मात्रै बनाइएको उनको भनाक्ष छ।