प्रथम वीरगन्ज गोल्डकपको तयारी पूरा

प्रथम वीरगन्ज गोल्डकपको तयारी पूरा
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा शनिबारदेखि सुरु हुने मधेस प्रदेशकै सबैभन्दा बढी राशी पुरस्कार भएको प्रथम वीरगन्ज गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ।

प्रतियोगिता हुने आदर्शनगर रंगशालामै बिहीबार साँझ पत्रकार सम्मेलन गरेर आयोजक भेट्रान सिटी क्लब वीरगन्जले कार्तिक १८ देखि २५ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा क्लबका महासचिव पंकज श्रेष्ठले १० हजार दर्शक अटाउने क्षमताको आदर्शनगर रंगशालामा ३ हजार दर्शक बस्न सक्ने क्षमताको अस्थायी प्याराफिटपनि निर्माण गरिएको बताए। यसका साथै खेल हुने ग्राउन्ड नयाँ घाँस रोपेर तयार पारिएको जानकारी उनले दिए।

प्रतियोगितामा सहभागी हुने नेपाल र भारतका आठ वटै टिमको टुंगो लगाएर खेल तालिका पनि सार्वजनिक गरी सकिएको श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार प्रतियोगतामा त्रिुभवन आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, संकटा क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी झापा, आयोजक वीरगन्ज भेट्रान सिटी क्लब तथा भारत कोलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थ जोन फुटबल टिम नोइडाले भाग लिने भएका हुन्।

प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने जानकारी दिए।

यस्तै हरेक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई नगद पाँच हजार, विधागत तर्फ उत्कृष्ट हुने खेलाडी जनही २० हजार र प्रतियोगिताकै सर्वोत्कृट हुने खेलाडीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए।

प्रतियोगितामा दर्शकका लागि प्रवेश शुल्क १ सय रुपैयाँ राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष सागर राणाले जानकारी दिए। सेमिफाइनलदेखि भने प्रवेश शुल्क २ सय रुपैयाँ राखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.